समयभन्दा चार साता पहिले जन्मिएको बच्चा जीवित हुने दर करीब ७० प्रतिशत हुन्छ । साधारणतया अस्पतालमा चारदेखि ६ महीना बिताएपछि बच्चालाई डिस्चार्ज गरिन्छ तर १३ महीना बिताएको यो शिशु अहिले सुरक्षित छ ।

संसारकै सबैभन्दा सानो शिशु गत जून ९ का दिन सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा जन्मेकी थिइन् । क्वेक जु जुआनको वजन मात्र एउटा स्याउ बराबर अर्थात् २१२ ग्राम थियो । उनकी आमामा प्रि–एक्लेमप्सिया पत्ता लागेपछि बच्चाको जन्म २५ औं साता, समयभन्दा पहिले गराइएको थियो र अस्पतालकर्मीको हेरचाहमा राखिएको थियो ।

जन्मको बेला नवजात शिशुको लम्बाइ मात्र २४ सेन्टिमिटर थियो । बच्चाको आकार देखेर अस्पतालका चिकित्सक र नर्स अचम्म परेका थिए । १३ महीनाको गहन उपचारपछि, हप्तौं भेन्टिलेटरमा बिताएपछि अहिले बच्चाको वजन बढेको स्वस्थ ६.३ किलोग्राम छ । शिशु डिस्चार्ज भइसकेकी छन् ।

जन्मको बेला बच्चाको उपचार गर्नु एउटा ठूलो चुनौती थियो । उनको छाला निकै नाजुक थियो। जुआनका आमाबुबालाई मेडिकल उपकरणको प्रयोगबारे तालीम दिएर बच्चालाई राम्ररी हेरचाह गर्न सुझाव दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here