प्रस, सर्लाही, २६ साउन/
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं १ चौलिखा बजारस्थित सञ्जय हार्डवेयर पसलमा आगलागी भएको छ । सोमवार राति भएको आगलागीबाट करीब रु ४० लाखभन्दा बढी मूल्यका सामान जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।
आगलागीबाट पसलमा रहेका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको हो । स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गरेको हार्डवेयर पसलमा राति करीब १ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताएका छन् । आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताए ।