पर्याप्त निद्रा निकै जरुरी हुन्छ । विशेषगरी गहिरो निद्रा । यसले हाम्रो शरीरको मरम्मत गर्न ऊर्जा दिन्छ । पर्याप्त निद्राले मोटोपन, हृदयरोग जस्ता रोगबाट बचाउनुका साथै रोगी भएपछि चाँडै ठीक गर्न पनि मदत गर्छ ।

निद्राका चारवटा चरण हुन्छन् । सबैभन्दा महŒवपूर्ण चरण ¥यापिड आई मूभमेन्ट अर्थात् आरइएम हो । यो त्यो चरण हो, जब हामीले सपना हे¥छौं । यस चरणमा शरीरले सबैभन्दा बढी फाइदा पाउँछ । यदि तपाईं आठ घण्टा सुत्नुहुन्छ भने यसमध्ये २० प्रतिशत अर्थात् ९६ मिनेटको सबैभन्दा गहिरो निद्रा यानी आरइएम सबैभन्दा जरुरी हुन्छ ।

स्लिप फाउन्डेशनका अनुसार सेलफोन, कम्प्युटर जस्ता विद्युतीय उपकरणले ‘शर्ट वेबलेन्थ’ भएको प्रकाश उत्सर्जित गर्छ । यो नीलो प्रकाशले साँझको समयमा निद्रा ल्याउने हार्मोन मेलाटोनिनलाई कम गर्छ । यसले स्लो वेब्स र आरइएमको समयलाई पनि कम गर्छ ।

निद्रा ल्याउने उपायः सुत्नुभन्दा दुई घण्टा पहिले मोबाइललगायत विद्युतीय उपकरणको प्रयोग गर्न छाड्नुपर्छ । अर्को उपायको लागि आरामदायक स्थानमा सुत्नुस् । जिब्रोलाई तालुमा जोड्नुस् र ओठ खोलेर सिटी बजाए सरह आवाज गर्दै सासलाई पूर्णरूपले मुखबाट बाहिर निकाल्नुहोस् । अब ओठ बन्द गर्नुहोस् । मस्तिष्कमा बिस्तार–बिस्तारै एक, दुई, तीन, चारसम्म गन्दै नाकबाट सास लिनुस् । सात सेकेन्डसम्म सास रोकेर राख्नुहोस् । आठ सेकेन्डसम्म पहिले सरह आवाज गर्दै मुखबाट सासलाई निकाल्नुपर्छ ।

निद्राका चारवटा चक्र हुन्छन्, अन्तिम दुई चक्र शरीरलाई ‘रिकभरी’ गर्न आवश्यक हुन्छ ।
पहिलो चक्रः नन ¥यापिड आई मूभमेन्ट अर्थात् एनआरइएम हो । पहिलो चरण जसरी तपाईं सुत्नुहुन्छ, यो अवस्था शुरू हुन्छ । यो चरण लगभग २० मिनेटको हुन्छ ।

दोस्रो चक्र, एनआरइएम स्टेज–२ः निद्राको यो अवधि रातभरिको पूरा निद्राको लगभग ५० प्रतिशत हुन्छ । यस अवस्थामा मस्तिष्क स्लो वेब्स अथवा डेल्टा तरङ्गलाई छाड्न शुरू गर्छ ।
तेस्रो चक्र, एनआरइएम स्टेज–३ः निद्राको यो चरणलाई गहिरो निद्रा भनिन्छ । यो शरीरलाई रिकभरी र विकासको लागि निकै महŒवपूर्ण चरण मानिन्छ ।

चौथो चक्र, ¥यापिड आई मूभमेन्ट अर्थात् आरइएमः निद्राको यस अवस्थामा लगभग सबै मांसपेशी आरामको अवस्थामा हुन्छन् । सास अनियमित हुन्छ । सपना आउन थFल्छ । यही हाम्रो निद्राको सबैभन्दा अन्तिम र महŒवपूर्ण चक्र हो ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here