लहान, १३ साउन/रासस
सिरहामा आर्थिक वर्ष २०७७–७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्पm एक हजार १२२, सेवा उद्योगतर्पm ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
कृषि तथा वनजन्य– पशु, माछा, कृषि उद्योगमा १०१८, पशुपालनमा ५४, कुखुरा पालनमा १७ नयाँ उद्योग दर्ता भएका छन् । सेवा उद्योगतर्पm कुटानी पिसानी ११५, होटेल ११०, निर्माण ९४, मोटरसाइकल मरम्मत ४५ र ढुवानीका ३५ उद्योग दर्ता भएका छन् । यो सङ्ख्या आव २०७६–७७ भन्दा बढी हो ।
आव ०७६–७७ मा सेवा उद्योगतर्पm ५३०, कृषि तथा वन्यजन्यतर्पm ४९० र उत्पादन उद्योगतर्पm १२७ गरी एक हजार १४७ नयाँ उद्योग दर्ता भएका थिए ।
योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ६१२, कृषि तथा वनजन्य उद्योग दुर्ई हजार ७७० र सेवा उद्योग चार हजार २३८ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या आठ हजार ४७० पुगेको कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । नयाँ उद्योग दर्ताबाट रु एक करोड ८६ लाख ६६ हजार ३०० राजस्व सङ्कलन भएको जनाइएको छ ।
बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै उद्योग दर्ता गराउनेको सङ्ख्या वृद्धि भएको प्रमुख यादवको भनाइ छ । आव २०७७–७८ मा उद्योग ६४ र १५५ घरेलु तथा साना उद्योगको लगत कट्टा भएको जनाइएको छ ।