– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)
दिनमा चार घण्टाभन्दा बढी टेलिभिजन हेर्नेहरू सावधान हुनुपर्ने समय आइसकेको छ । यस्ता व्यक्तिलाई घुर्ने समस्या ७८ प्रतिशतसम्म बढ्ने सक्ने दाबी हार्वर्ड मेडिकल स्कूलका शोधकर्ताहरूले हालै गरेको अनुसन्धानमा जनाएका छन् ।
शोधकर्ताका अनुसार १० देखि १८ वर्षका १ लाख ३८ हजार बच्चामाथि अनुसन्धान गरिएको थियो । उनीहरूको स्वास्थ्य कस्तो छ, उनीहरू कति हिंडडुल गर्छन् यसमाथि पनि निगरानी राखिएको थियो । शोध अनुसार एकै ठाउँमा बसिरहने बानीबाट ओब्सट्रक्टिभ स्लीप एप्निया हुन सक्छ । यसको कारण घुर्ने बानी ७८ प्रतिशतसम्म बढ्न सक्छ ।
शोधकर्ताले सल्लाह दिएका छन्, कार्यालयमा दिनभरि बसिरहनेले पनि यसको भरपाई गर्न बढी कसरत गर्नुपर्छ ।
स्लीप एप्निया कति खतरनाकः स्लीप एप्निया यस्तो स्थिति हो जुन कुनै एउटा सास नली रातिको समयमा पूर्णरूपले ब्लक हुन्छ । यस्तो भएपछि सामान्य तरीकाले सास फेर्न समस्या हुन्छ । यो स्थिति घुर्ने बानीमा परिणत हुन्छ । यदि समयमा यसको उपचार गराइएन भने क्यान्सर, उच्च रक्तचाप, हृदयघात, ग्लुकोमा, स्ट्रोक र टाइप–२ मधुमेह हुने खतरा पनि बढ्छ । विशेषज्ञको अनुमान छ संसारभरि ३० देखि ६९ वर्षको उमेरका एक सय करोड व्यक्ति स्लीप एप्नियाबाट ग्रसित छन् । यसको उपचार चाँडै गराउनुपर्छ ।
सातामा १५० मिनेटको शारीरिक क्रियाकलापः विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना व्यक्तिले हरेक साता १५० मिनेटसम्म शारीरिक क्रियाकलाप गर्नुपर्छ । शोधकर्ताले सल्लाह दिएका छन् डब्लुएचओको सल्लाह मान्नुको साथै टिभी हेर्ने समय ४ घण्टा घटाएर कम गर्नुपर्छ । यसबाट घुर्ने समस्या पनि घट्छ । टिभी हेर्ने बेलामा मीठो पेय र फास्टपूmड खाना खाने गरिन्छ, बसेर यस्तो खानपान गर्दा वजन बढ्छ । वजन बढेपछि आब्सट्रक्टिभ स्लीप एप्नियाको खतरा पनि बढ्छ । १ लाख ३८ हजार बच्चामाथि अनुसन्धान गर्दा तिनीहरूमध्ये एकजना पनि आब्सट्रक्टिभ स्लीप एप्नियाको रोगी थिएन । शोधको क्रममा जुन बच्चाले टेलिभिजनको अगाडि प्रतिदिन घण्टौं समय बिताएका थिए उनीहरूमध्ये ८ हजार ७३३ जनामा स्लीप एप्नियाको पुष्टि भएको थियो ।