११ साउन/

अमेरिकी वैज्ञानिकहरूले संसारमा बढ्दो ग्लोबल वार्मिडको एउटा फाइदाबारे बताएका छन् । वैज्ञानिकको भनाइ छ–ग्लोबल वार्मिडको कारण संसारभरि डेंगुको मामिला घट्न सक्छ । अनुसन्धान गर्ने पेन्सिलवेनिया स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता एलिजाबेथ मैक्ग्रा भन्छिन्–जब एडिज इजिप्टी लामखुट्टे डेंगु भाइरसको वाहक बन्छ तब यसको गर्मी सहने क्षमता घट्छ । यसले सङ्क्रमण फैलाउन सक्दैन । यसबाहेक लामखुट्टेमा यस रोगलाई रोक्ने ब्याक्टेरिया वोलबचिया पनि निकै सक्रिय हुन्छ । यसैले ग्लोबल वार्मिड्ढो कारण डेंगुको मामिला कम हुन सक्छ ।

तापमान बढेपछि लामखुट्टे सुस्त हुन्छन्ः इन्डोनेशियामा डेंगुको मामिला घटाउन नयाँ प्रयोग गरिएको थियो । लामखुट्टेमा वोलबाचिया ब्याक्टेरिया इन्जेक्ट गरियो । यो ब्याक्टेरियाले डेंगु भायरस फैलनबाट रोक्छ । लामखुट्टेलाई खुलामा छाडियो । अनुसन्धान अनुसार जहाँ यी लामखुट्टेलाई छाडिएको थियो त्यहा डेंगुको मामिला ७७ प्रतिशत कम भयो ।

अनुसन्धानकर्ता एलिजाबेथले लामखुट्टेमाथि जलवायु परिवर्तनको असर बुझ्न एउटा प्रयोग गरिन् र वोलबाचियाबाट सङ्क्रमित लामखुट्टेलाई भाइलमा राखेर ४२ डिग्री सेन्टिग्रेट तापमान भएको तातो पानीमा डुबाइन् । संसारको धेरैजसो भागमा तापमान यतिसम्म पुग्छ ।

प्रयोगमा ४२ डिग्री सेन्टिग्रेटमा लामखुट्टे कति बेरपछि सुस्त हुन शुरू हुन्छ र मृत्यु हुन्छ देखिएको थियो । परिणाम आयो– जुन लामखुट्टे डेंगुबाट सङ्क्रमित थिए उनीहरू कमजोर भए र तीन गुनासम्म सुस्त भए । त्यस्तै वोलबाचिया ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टे चार गुना बढी अल्छी भएका थिए ।

अनुसन्धानबाट साबित भयो कि गर्म तापमानमा डेंगु  भाइरस र वोलबाचिया ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टे कमजोर हुन्छन् । उनीहरू बिमारी फैलाउन योग्य हुँदैनन् । उनीहरूको गर्मी सहन गर्ने क्षमता घट्छ । लामखुट्टे न उड्न सक्छ, न हिंड्न नै सक्छ ।

एलिजाबेथ भन्छिन्–यति गर्मीमा लामखुट्टेमा रहेको डेंगुको भाइरस रेप्लिकेट गर्न सक्दैन । अर्थात् यो भाइरसले पनि आफ्नो सङ्ख्या बढाउन सक्दैन यदि ग्लोबल वार्मिङ अझै बढ्छ भने डेंगुको मामिला घट्न सक्छ । डेंगु घातक रोग हो र अहिलेसम्म यसको कुनै सटीक उपचार खोज्न सकिएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार डेंगु भाइरसका कारण हरेक वर्ष ४० करोड व्यक्ति सङ्क्रमित हुन्छन् र २५ हजारको मृत्यु हुन्छ । पछिल्लो ५० वर्षमा डेंगुको मामिला ३० गुनासम्म बढेको छ । डेंगु भाइरस सङ्क्रमण भएपछि ज्वरो र शरीर दुख्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here