प्रस
पिरामिडजस्तो देखिने विचित्रको काउलीमाथि वैज्ञानिकले अनुसन्धान गर्दै यसको कारण बताएका छन् । यसलाई साधारण भाषामा रोमनेस्को काउलीफ्लावर र रोमनेस्को ब्रोकाउली पनि भनिन्छ । यसको बनावटबारे वैज्ञानिकले अध्ययन गरेका छन् ।
शोधकर्ता फ्रांस्वा पार्सीको भनाइ छ, विचित्रको देखिनुको कारण यसको पूmल हो । काउलीमा रहेका दानादार पूmल ठूलो पूmलमा परिणत हुन चाहन्छ, र यस्तो हुँदैन । यसको तल्लो भाग हाँगामा परिणत हुन्छ र माथिल्ला भाग कली बनेर रहन्छ । त्यसकारण एउटा कली अर्कोको माथि चढ्छ र यो पिरामिड आकारको देखिन्छ ।
यो काउलीमा भिटामिन सीको अलावा फाइबर र कैरोटिनोयड्स पाइन्छ । यसको प्रयोग तरकारी र सलादको रुपमा गरिन्छ । युरोपेली र अमेरिकी देशमा यसको खेती हुन्छ । अमेरिकामा यो भारु २ हजारदेखि २२ सय प्रतिकिलोको दरमा पाइन्छ । काउलीको यो प्रजाति बन्दाकोभी, ब्रोकाउलीसँगै उब्जाइन्छ ।