स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच कमिशन विवाद

प्रस, वीरगंज, २ साउन/ पर्साका स्थानीय तहहरूमा भ्रष्टाचार गरेबापतको कमिशन नपाउँदा जनप्रतिनिधि तथा कर्मचारीहरूबीच मनमुटाव शुरू भएको छ । आर्थिक वर्ष सम्पन्न भए लगत्तै सबै कर्मचारी तथा जनप्रतिनिधिले आआफ्नो हैसियतले कमिशन लिने चलन छ । तर कमिशन उठाएका प्रमुख कार्यकारी अधिकृत, योजना शाखा प्रमुखहरूले कर्मचारी तथा जनप्रतिनिधिहरूलाई दिनुपर्ने कमिशन नदिई बेपत्ता भएका छन् । आफ्नो […]

जङ्गली हात्ती किन मातिन्छ र बस्ती पसेर मान्छे मार्छ ?

राधेश्याम पटेल, परवानीपुर, २ साउन/ दुई साताअघि पर्सा राष्ट्रिय निकुञ्जको एउटा जङ्गली हात्तीले बाराको सदरमुकाम कलैयामा एकजना किसानलाई आक्रमण गरी मा¥यो । त्यसपछि त्यो हात्ती बाराबाट रौतहटको उत्तरी सिमाना हँुदै बेलबिछवाबाट मसाहा भारततर्फ पसेको थियो । सो हात्तीलाई नियन्त्रण गर्ने कुनै प्रयास नगर्दा हात्ती अहिले पनि नेपाल फर्केको खबर छैन । जङ्गली हात्ती किन मात्तेर […]

प्रादेशिक भवन निर्माण समिति गठन

प्रस, वीरगंज, २ साउन/ नेपाल पत्रकार महासङ्घको प्रदेश नं २ को भवन निर्माण समिति गठन भएको छ । प्रादेशिक कमिटीको शनिवार वीरगंजमा सम्पन्न बैठकले समिति गठन गरेको हो । महासङ्घ प्रदेश कमिटीका अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षता तथा महासचिव श्याम बन्जाराको सहजीकरणमा सम्पन्न बैठकले महासङ्घका गतिविधिलाई सृजनात्मकरूपमा अघि बढाउने निर्णय गर्दै प्रदेशको अस्थायी राजधानी जनकपुरमा तत्काल […]

पर्साका ग्रामीण क्षेत्रबाट इन्धनको तस्करी

प्रस, सेढवा, २ साउन/ पर्साको ग्रामीण भेगका पेट्रोल पम्पबाट व्यापकरूपमा इन्धनको तस्करी भइरहेको छ । नेपालमा भारतभन्दा इन्धनको मूल्य निकै कम भएकोले इन्धनको तस्करी बढेको हो । ग्रामीण भेगमा रहेका नेवा पेट्रोल पम्प, नमूना पवित्रा आयल स्टोर्स, मन्दीप पेट्रोल पम्मलगायतका पेट्रोल पम्पहरूबाट इन्दनको खुलेआम तस्करी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । उक्त पम्पहरूमा नेपाली उपभोक्तालाई […]

दलित समुदायलाई खाद्यान्न सहयोग

प्रस, पर्सागढी, २ साउन/ इन्टरनेशनल कमिशन फर दलित राइट्स अमेरिकाको आर्थिक सहयोग र पिस फर दलित फाउन्डेशन नेपालको आयोजनामा पर्सागढी नगरपालिका–७ फूलवरियास्थित दलित समुदायलाई खाद्यान्न वितरण गरिएको छ । कोभिड महामारीबाट प्रभावित गरीब, दलित, मजदूर र श्रमिकहरूलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको फाउन्डेशनले जनाएको छ । लकडाउन खुले पनि अहिले दलित, मजदूरहरूको दैनिकी सामान्य नभइसकेकोले […]

जीवन योजना निर्माणसम्बन्धी तालीम

प्रस, पोखरिया, २ साउन/ पिपुल इन नीड नेपालको सहयोग र आसमान नेपालको आयोजनामा सञ्चालित आरम्भ परियोजना अन्तर्गत शनिवार जीवन योजना निर्माणसम्बन्धी दुई दिने तालीम बाराको पचरौता नगरपालिका र आदर्श कोतवाल गाउँपालिकामा सम्पन्न भएको छ । उक्त तालीममा विद्यालय बाहिर रहेका १५ देखि १९ वर्षका किशोरीहरूको पाँच वर्षको योजना निर्माण गर्ने र सोको आधारमा सीपमूलक तालीम […]

तीन महीनाको अवधिमा नौजना प्रतिवादी र लागूऔषध पक्राउ

प्रस, निजगढ, २ साउन/ इलाका प्रहरी कार्यालय निजगढले तीन महीनाको अवधिमा विभिन्न मुद्दाका फरार नौजना प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । पक्राउ परेकाहरूबाट एक वर्ष १० महीना २८ दिन कैद र ८२ हजार ४७१ रुपैयाँ नगद जरिवानाबापत सङ्कलन गरिएको इप्रका निजगढ जनाएको छ । जबरजस्ती करणी ठहर भएका फरार प्रतिवादी हीरालाल हजरालाई प्रहरीले पक्राउ […]

प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी

प्रस, जनकपुरधाम, २ साउन/ प्रदेश २ सरकारमा शनिवारदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीद्वयलाई प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले नियुक्त गरेका हुन् । मधेस भवनमा शनिवार आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख डा राजेश […]

जसपाको एउटा समूह सरकारमा सहभागी हुँदै

काठमाडौं, २ साउन/रासस जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्