प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी

प्रस, जनकपुरधाम, २ साउन/

प्रदेश २ सरकारमा शनिवारदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीद्वयलाई प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले नियुक्त गरेका हुन् । मधेस भवनमा शनिवार आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’बाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

त्यसैगरी, राज्यमन्त्री कर्णले मुख्यमन्त्री गद्दीबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्