काठमाडौं, १ साउन/रासस

शनिवारदेखि मनसून सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रवार एक बुलेटिन निकालेर शनिवारबाट सोमवारसम्म मनसून न्यून चापीय रेखा नेपालको तराई भूभागनजीक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्पयुक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना औंल्याइएको छ ।

देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिवार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here