ब्रिटेनका वैज्ञानिकले यस्तो डिभाइस बनाएका छन्, जसले १५ मिनेटमैं कोठामा कोरोना सङ्क्रमण पत्ता लगाउँछ भने ठूलो कोठामा ३० मिनेटमा पत्ता लगाउन सक्छ। कोरोना सङ्क्रमितबारे जानकारी दिने यो डिभाइस आउँदो समयमा विमानको केबिन, कक्षाकोठा, केयर सेन्टर, घर र कार्यालयमा स्क्रिनिड्ढो लागि महत्वपूर्ण हुन सक्छ। यसको नाम ‘कोभिड अलार्म’ राखिएको छ। यो डिभाइस स्मोक अलार्मभन्दा अलि अलग छ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र डरहम युनिभर्सिटीका वैज्ञानिकले यस रिसर्चको प्रारम्भिक नतीजाले आशा जगाएको बताए। वैज्ञानिकले परीक्ष्Fणको क्रममा डिभाइसको नतीजाको सटीकताको स्तर ९८ देखि सय प्रतिशतसम्म छ। यो कोरोनाको आरटी–पिसिआर र एन्टिजेन टेस्टको तुलनामा निकै सटीकताले कोरोना सङ्क्रमितबारे जानकारी दिन सक्छ।

डिटेक्टरले कोभिड भाइरसबाट सङ्क्रमित व्यक्तिलाई खोज्न सक्छ, चाहे सङ्क्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखियोस्, तर मेशिनले आफ्नो काम प्रभावकारी तरीकाले गर्छ। एकपटक पत्ता लागेपछि कोठामा रहेका व्यक्तिको व्यक्तिगत स्तरमा टेस्ट गर्न सकिन्छ।

शोधकर्ताका अनुसार हाल यो प्रारम्भिक नतीजा हो। अध्ययन प्रकाशित भइसकेको छ जसको समीक्षा गर्न आवश्यक छ। सार्वजनिक स्थानमा सङ्क्रमण पत्ता लगाउन र कोरोनाको अलावा भविष्यको महामारीको पहिचानको लागि यो उपाय ठीक हुनेछ। डरहम युनिभर्सिटीमा बायोसाइन्सका प्राध्यापक स्टिभ लिंडका अनुसार हरेक बिमारीको अलग गन्ध हुन्छ। हामीले कोरोनाबाट अनुसन्धान शुरू ग–यौं।

सङ्क्रमित र सामान्य व्यक्तिको गन्धमा भिन्नताले काम सजिलो गरेको छ। रोगको पहिचानको लागि यो प्रविधि रोचक छ। डिभाइस भारु ५.१५ लाख पर्छ तर घातक महामारी पहिचानको लागि यो ठूलो राशि होइन। रोबोसाइन्टिकको यो डिभाइसले छाला र सासद्वारा उत्पादित रसायनलाई पत्ता लगाएर सङ्क्रमितको पहिचान गर्न सक्छ। भाइरसको कारण वाष्पशील कार्बनिक यौगिकमा बदलाव हुन थाल्छ। यसबाट शरीरमा गन्ध पैदा हुन्छ, डिभाइसमा लगाइएको सेन्सरले यसको पहिचान गर्छ। डिभाइसले अधिकृत व्यक्तिलाई यो जानकारी सन्देशमार्फत पठाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here