ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको दुष्प्रभावको कारण जनावरका थुप्रै प्रजाति लोपोन्मुख हुँदैछन् तर अस्टे«लियामा ३ हजार वर्षपछि एउटा जनावर देखा परेको बताइन्छ। अस्ट्रेलियाको जङ्गलमा तस्मानिया डेभिल नामक एउटा प्रजाति फर्केको छ। यस प्रजातिको नाम मात्र ‘शैतान’ हो तर यथार्थमा यो एउटा सानो कुकुरजस्तै जीव हो।
तस्मानिया डेभिललाई करीब ३ हजार वर्षपछि देखेपछि पर्यावरणविद् निकै खुशी छन्। यो प्रजाति देखिनु महत्वपूर्ण घटना हो। तस्मानिया डेभिल संसारकै सबैभन्दा ठूलो मार्सुपियल कार्निवोर हो। यसको लम्बाइ ३० इन्चसम्म र वजन २६ पाउन्डसम्म हुन्छ। हालै देखिएको तस्मानिया डेभिल ३ हजार वर्षमा जन्मेको यस प्रजातिको पहिलो जीव रहेको बताइन्छ।
अस्ट्रेलियाको तस्मानियामा डेभिल आर्क सेन्चुरी नामक सानो पहाडलाई बैरिङ्टन टपको नामले पनि जानिन्छ। यहाँका केही अधिकारीले तस्मानिया डेभिलका ७ वटा बच्चालाई एउटा खाल्डोमा देखेका थिए। ती बच्चासँग उसको आमा थिएन। बच्चालाई देखेपछि अधिकारीले यसको जनसङ्ख्या बढ्न सक्ने बताएका छन्। हजारौं वर्ष पहिले ठूलो सङ्ख्यामा शिकारको कारण तस्मानिया डेभिल प्रजाति विलुप्त भएको थियो। जङ्गली कुकुरको प्रजाति डिंगोसले तस्मानिया डेभिलको शिकार गर्दथ्यो। जसले गर्दा डिंगोसको जनसङ्ख्या बढ्यो तर तस्मानिया डेभिल विलुप्त भयो। फेस ट्युमर रोगको कारण पनि यस प्रजातिमा धेरैजसोको मृत्यु भएको थियो। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)