वैश्विक महामारी कोरोना भाइरसबाट जोगिन संसारभरि मास्कलाई महत्वपूर्ण मानिंदैछ। तर अमेरिकाको एउटा रेस्टुरेन्टले मास्क लगाउनेमाथि अनौठो नियम लगाएको छ। रेस्टुरेन्टमा मास्क लगाएर आउने ग्राहकले ५ डलर बढी तिर्नुपर्छ। यस नियमलाई लिएर रेस्टुरेन्ट सञ्चालकको भनाइ छ, लकडाउनको कारण सामूहिकरूपमा भएको नोक्सानको भरपाइको लागि ग्राहकले यस्तो भुक्तानी गर्नुपरेको हो ।
क्यालिफोर्नियाको मेन्डोकिनामा फिडलहेड क्याफेका मालिक क्रिस कैसलमैनको भनाइ छ, समाजको लागि मास्क लगाउनेहरूले ५ डलर अतिरिक्त तिर्दा कुनै समस्या हुँदैन। यो अतिरिक्त रकम च्यारिटीको लागि दिइनेछ। कैसलमैन भन्छन्, समाजको भलो चिताउने मास्क लगाउनेहरूसँग च्यारिटीको लागि ५ डलर लिनु कुनै ठूलो रकम होइन।
घातक कोरोना भFइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि लगाइएको लकडाउनबाट रेस्टुरेन्टको व्यापार निकै प्रभावित भएको छ। यसको असर कैसलमैनको व्यवसायमा पनि परेको छ। उनले लकडाउनबाट भएको नोक्सानको भरपाइको लागि यस्तो पाइला चालेका हुन्। कैसलमैन व्यक्तिगतरूपमा मास्क लगाउने पक्षमा छैनन्। उनको भनाइ छ, अधिकांश ग्राहकले पनि मजस्तै सोच राख्छन्।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)