- कुमार रुपाखेती
अहिले मुलुकमा कोरोना एउटा महामारीको रूपमा देखिएको छ। दैनिक दर्जनौं व्यक्तिको मृत्यु र सयकडौं सङ्क्रमित थपिंदै गएका छन्। आफ्नो असफलता ढाकछोप गर्न सरकारले मृतक र सङ्क्रमितहरूको सङ्ख्या न्यून देखाउन थालेको पनि आरोप छ।
सबै शक्ति एकजुट भएर कोरोनामुक्त नेपाल बनाउनुको सट्टा यसलाई राजनीतिक अवसरको रूपमा प्रयोग गर्न थालिएको आभास हुन थालेको छ। कतिपय विपक्षी दलहरूले बढाइचढाई गरी कोरोनाको रोनाधोना गर्ने, सरकार कोरोनाप्रति उदासीन भएको आरोप लगाएर आफ्नो पल्लु झार्ने गरेका छन्। कोरोनाले संसारका सबै राष्ट्र आतङ्कित छन् तर उनीहरू (पक्ष–विपक्ष्F) एकजुट भएर यसको मुकाबिला गर्दैछन्। सरकारको होस्टेमा हैंसे गर्दैछन् विपक्षीहरू पनि। तर हाम्रोमा ठीक विपरीत रवैया देखिन्छ। हाम्रF विपक्ष्Fी राजनैतिक दलहरू सरकारलाई आरोप थोपरेर दिन बिताउँदैछन्, माना पकाउँदै छन्। काङ्ग्रेस, माओवादी र जसपाहरूले एक स्वरले कोरोना रोकथाम गर्न सरकार असमर्थ, कोरोना उपचार सामग्री खरीदमा भ्रष्टाचार आदि राजनैतिक आरोप लगाउने, विवाद सिर्जना गराउने, भ्रम पैदा गर्ने र राजनैतिक रोटी सेक्ने माध्यम बनाएका छन् यो जटिल रोगलाई। जसपाका विवादित अध्यक्ष उपेन्द्र यादव कोरोनाप्रति सरकारी रवैयाको मच्चीमच्ची विरोध गरिरहेका देखिन्छन्। असफल स्वास्थ्यमन्त्रीका रूपमा चर्चित उनलाई ओली सरकारले जनदबाबमा पदमुक्त गरेको धेरै भएको छैन। आफ्नो पकडमा रहेको एकमात्र प्रदेश २ का सरकारलाई समेत कोरोना र केन्द्रीय सरकारको विपक्षमा प्रयोग गरेर आफ्नो उल्लू सीधा गर्दैछन्। उनकै पार्टीको प्रदेश सरकारलाई कोरोनाविरुद्ध लड्ने निर्देशन दिनु कता हो कता उल्टै राजधानीमा लुकेर बसेका छन्। अहिले प्रदेश २ को जनता कोरोनासामु निरीह र भगवानभरोसे छ। जनकपुर, राजविराज, गौर र वीरगंजकै सरकारी अस्पताल लावारिस देखिएका छन्। त्यसैले सरकारले नारायणी उपक्ष्Fेत्रीय अस्पताल वीरगंजका पङ्गु मेडिकल सुपरिटेन्डेन (मेसु) लाई हटाएर डा वीरेन्द्र प्रधानलाई निमित्त मेसु बनाएको छ।
भनिन्छ स्वास्थ्यमन्त्रीका रूपमा हृदयेश त्रिपाठीले उपेन्द्र यादवभन्दा गतिलो काम गरेका छन्। सन्तोषजनक, भरपर्दो र स्तरीय नभए पनि हृदयेशले सरकार कोरोनाप्रति सचेत र सक्रिय रहेको सन्देश दिन सफल भएका छन्।
अहिले सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको हविगत कसैसँग छिपेको छैन। गदहालाई धोएर गाई बनाउन सकिंदैन भन्ने स्तरका मFन्छेलाई, सत्ता जोगाउन ओली काखी च्यापेको, मन्त्री बनाएको संसारलाई थाहा छ। मानिलिउँ सरकार गैरजिम्मेवार छ। अनि विपक्ष्Fीले वर्तमान जटिल अवस्थामा कस्तो जिम्मेवारी निर्वाह गरेको छ त ?
विपक्षीहरूलाई त कोरोनामुक्त नेपालभन्दा ओलीमुक्त नेपाल प्यारो छ। त्यसैले त गठबन्धन गरेर कोरोना होइन, ओली धपाऊ आन्दोलन यिनका लागि खासमखास बनेको छ। अनि शक्ति र सत्तामा रहेको ओली मन्त्रिमण्डलका सदस्यहरूसमेत आफ्नो पद र ओहदालाई कोरोनाभन्दा महत्वपूर्ण ठानेर आफ्नो दुनो सोझ्याउने र माना पकाउने कार्यमा तल्लीन छन्।
पक्ष–विपक्षको पदलोलुपता र महत्वाकाङ्क्षाले जनताको बलि चढाइँदै छ। विवाद मात्र सृजना गर्ने र समाधान र संवाद नगर्ने नेपालको पुरानै राजनैतिक परम्परा हो। यदि ओलीलाई ढाल्न खोज्ने शक्ति एक ढिक्का भई कोरोना ढाल्ने अभियानमा लागेको भए सबैको वाहवाही कमाउने र भोलिका दिनका ओली आपसेआप ढल्ने निश्चित थियो। कठिन बाटो नहिंड्ने र सजिलो बाटो रोज्ने सरकारका विपक्ष्Fीहरूको रवैयाले गर्दा न सरकार गतिलो पाराले अगाडि बढ्न सकेको छ, न कोरोनालाई मौलाउनबाट रोक्न सकिएको छ। स्मरण रहोस्, आम जनताको दैलोमा पुगेको कोरोना नेताका घरदैलोसम्म नपुग्ने प्रश्नै उठ्दैन। उखान नै छ– आयो टप्प टिप्यो मीठो मसिनो भन्दैन त्यो। राजनैतिक विवाद र आलोचनाले कुर्सीमा बस्ने पात्र परिवर्तन हुन सक्छ, कोभिडजस्तो महामारीको बाल बाँका हुँदैन। जीवनभर राजनीतिमा बिताएँ भनी धक्कू लगाउनेहरूले एकपल्ट छातीमा हात राखेर भन्नुप–यो जीवनभर राजनीतिको नाममा कुर्सीको दास बन्यौं कि जनताको पक्ष्Fमा लाग्यौं ?
कोरोनाको आततायी उपस्थितिका बेलासमेत पद र कुर्सीको गनगन गर्ने, रोगलाई कमाइको माध्यम बनाउने, रोगको आडमा राजनैतिक प्रतिशोध र बदलाको भावना राख्नेहरू वास्तवमा कोरोनाविरोधी नभई कोरोना समर्थक हुन्। यस्ता कोरोना समर्थक (नेताहरू) ले जनतालाई बलिको बकरा बनाएका छन्। जनता स्वयं जागरूक हुन जरूरी छ।
कोरोनाले भलै हामी आतङ्कित छौं तर यो जटिल रोगले आम नेपालीसामु आफ्नो राजनैतिक दल र तिनका नेताहरूको असली चरित्र नङ्ग्याएको पनि छ। सुख में सब साथी दुःख में न कोय प्रवृत्तिका नेताहरूबाट अब नेपालीले नेताले सुख, दुःख साटासाट गर्लान् भन्ने आशा राख्नु मृगमरिचिका मात्र हुनेछ। देशमा अहिले परिपक्व अनुभवी नेता, धनाढ्य नेता, युवा नेता, महिला नेतृ, मजदूर नेताहरूको भरमार भए पनि अन्ततः जनता बिचरा असहाय नै छ। जाबो साधारण औषधि र अक्सिजनको अभावमा आफ्नो अमूल्य जीवन त्याग्न बाध्य छ। सम्प्रभुता न हिजो जनतामा थियो, न आज छ। सबैथोक (हाम्रो जीवनसमेत) यिनकै बन्धक छ। अप्ठेरो बेलामा बढी मूल्य लिने साहु–महाजनलाई पाँचजना साक्षी राखी काटिदिनू, मलाई सोध्नुपर्दैन भन्ने जङ्गबहादुर र प्रजा मोटा भए दरबार बलियो हुन्छ भन्ने पृथ्वीनारायण शाह अब यो लोकमा छैनन्।