- सञ्जय मित्र
मनुस्मृतिः को प्रथम अध्यायको ३१ श्लोकमा यसरी भनिएको छ ः
लोकानां तु विवृद्ध्यर्थं मुखबाहूरूपादतः।
ब्राह्ह्णं क्षत्रियं वैश्यं शूद्रं च निरवत्र्तययत्।।
यसलाई शब्दार्थमा यसरी अथ्र्याइएको पाइन्छ ः ब्रह्माले लोकको वृद्धिको लागि मुख, बाहु, जंघा (तिघ्रा) र चरणबाट ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यिनलाई क्रमैले बनाए।
समय, प्रसङ्ग र सन्दर्भ अनुसार विभिन्न श्लोकको अर्थ लगाइएको हुन्छ र कुनै कालमा कतिपय अत्यन्त सान्दर्भिक कुरा पनि कालान्तरमा अत्यन्तै असान्दर्भिक हुन जान्छ। देश, काल र परिस्थिति अनुसार पनि अर्थान्तर हुन्छ। गीताको सन्दर्भमा के भनिन्छ भने गीतालाई जहिले, जहाँ र जसरी पनि अथ्र्याउँदा यसले नवीनता दिन्छ।
मनुस्मृतिः मा गीता र वेदहरूको पनि चर्चा वा सङ्केत पाइन्छ। यद्यपि गीतामा श्रीकृष्णले एक ठाउँमा भनेका छन् ः स्मृतिहरूमा म मनुस्मृति हुँ। अब सन्दर्भतिर लागौं।
माथिको श्लोकले चार जातीय समूहको उत्पत्तिबारे बताएको छ। यो निकै आलोच्य रहेको छ तर पनि यो निकै प्रचलित छ। ब्रह्माको मुखबाट ब्राह्मणको जन्म भएको भन्ने भावार्थ रहेको स्पष्ट हुन्छ। यद्यपि यसको आधुनिक अर्थ पृथक लगाइन्छ ः मुखले बोलेर गरिने लोकहितको कर्म नै ब्राह्मण कर्म हो, यथा ः पूजा, यज्ञ र शिक्षादान। किनभने यस श्लोकमा जन्मभन्दा पहिले लोकको वृद्धि वा हितको सन्दर्भ आएको छ। यस दृष्टिले लोकको हितको खातिर मुखले कर्म गरेर आजीविका गर्ने ब्राह्मण हुन्छन्।
यद्यपि मनुस्मृतिः कै एक अर्को श्लोकमा ब्रह्माले मुखबाट ब्राह्मणको उत्पत्ति गरेको बताइएको छ र ब्राह्मणको कर्म यज्ञ तथा हव्य गराउनु रहेको बताइएको छ।
मनु ः सम्पूर्ण वेद धर्मको मूल हो।
मनुको यस भनाइले वेद निकै पुरानो हो भन्ने पनि स्पष्ट हुन्छ। मनुस्मृतिभन्दा वेद निकै पुरानो हो।
मन्त्रब्राह्मणर्योवेदनामधेयम्
अर्थात् मन्त्र (वैदिक संहिता) तथा ब्राह्मण दुवै वेद हुन्।
सामान्यार्थमा ब्राह्मण शब्दले जाति वा जाति समूहको अर्थ बुझिएको पाइन्छ तर वैदिक वाङ्मयमा ब्राह्मण शब्दले ती ग्रन्थहरूको सामान्य नामलाई जनाउँदछ जुन वेदका मन्त्र व्याख्या हेतु लेखिएका छन्। यी ग्रन्थ वैदिक संस्कृति, धर्म तथा दर्शन बुझ्नको लागि अपरिहार्य छ। यसबाट यो स्पष्ट हुन आउँछ कि वेद मूल हो र ब्राह्मणग्रन्थ तिनका व्याख्याग्रन्थ हुन्।
अझ स्पष्ट हुन यी ग्रन्थहरूबारे बुझौं। ऋग्वेदीय व्याख्याका लागि लेखिएका ग्रन्थहरू हुन् ः ऐतरेय ब्राह्मण र कौषीतकि ब्राह्मण या शांख्यायन ब्राह्मण। यजुर्वेदीय व्याख्या गर्ने दुई प्रसिद्ध ग्रन्थहरूमा शुक्ल यजुर्वेदीयतर्फ शतपथ ब्राह्मण र कृष्ण यजुर्वेदीयतर्फ तैत्तिरीय ब्राह्मण। सामवेदीय व्याख्याका पञ्चविंश ब्राह्मण या ताण्ड्य ब्राह्मण, षडविंश ब्राह्मण र जैमिनीय ब्राह्मण। यसैगरी अथर्ववेदीय व्याख्याका निम्ति गोपथ ब्राह्मण ग्रन्थ लेखिएका छन्। चारवटै वेदका ब्राह्मण ग्रन्थ यति नै होइनन्। अन्य विभिन्न ब्राह्मणहरू लेखिएका छन्। यहाँ उल्लेख गरिएका ग्रन्थहरू प्रसिद्ध हुन्।
वेदसित सम्बन्धित यी दृष्टान्तहरूले ब्राह्मण शब्दको अर्थ कुनै जात वा जातीय समूह नभएर वेदको व्याख्या गर्ने ग्रन्थ हो भन्ने कुरालाई स्थापित गर्दछ।
ब्राह्मण शब्द ब्रह्मनबाट बनेको छ। ब्रह्मनको अर्थ हुन्छ मन्त्र। शब्दको दृष्टिले विचार गर्ने हो भने ब्राह्मण शब्दको अर्थ हुन जान्छ – मन्त्रको व्याख्या गर्ने। जसले मन्त्रको व्याख्या गर्दछ, ऊ ब्राह्मण हो। यहाँ मन्त्रको व्याख्या गर्ने भन्नुको अर्थ सम्भवतः लिखित वा मौखिकरूपमा वेदका मन्त्रहरूको व्याख्या गर्ने भन्ने बुझिन्छ।
ब्रह्मन शब्दको अर्थ वैदिक शब्दावलीमा यज्ञ पनि बताइएको छ। यज्ञको विधि–प्रक्रिया तथा यससित सम्बन्धित विवरण प्रस्तुत गर्ने ग्रन्थलाई ब्राह्मण भनियो। यहाF ब्राह्मण शब्दले ग्रन्थलाई नै जनाएको पाइन्छ।
ब्रह्मन शब्दको अर्को अर्थ रहस्य पनि हुन्छ। अतः वैदिक तत्वज्ञानको रहस्योद्घाटन गर्ने कारणले पनि यी ग्रन्थहरूलाई ब्राह्मण भनिएको हो।
र सम्भवतः वेद वा मन्त्रको अर्थ लगाउने, बुझाउने तथा रहस्यबाट पर्दा हटाई रहस्योद्घाटन गर्ने व्यक्तिलाई पनि समाजले ब्राह्मण मानेको हुनुपर्छ।
कतिपयले ब्रह्मालाई सर्जक मानेर जो सर्जक हुन् उनै ब्रह्मा हुन् र ब्रह्माका सन्तान स्वतः ब्राह्मण हुन् भन्ने तर्क पनि दिएका छन्।
कतिपयले प्राचीनकालमा निकै सानो क्षेत्रमा जातिप्रथा कायम रहेको र त्यहाँ शिक्षा दिने काम गर्नेलाई ब्राह्मण भनिएको तथा शिक्षा दिनेले नै यज्ञादि गराउने गरेको पनि अर्थ निकालेका छन्। जो शिक्षा दिन सक्ने सामथ्र्य राख्दछ, जो ज्ञानी छ, उही ब्राह्मण हो भन्ने भनाइ पनि प्रचलनमा रहेको छ।
श्रेष्ठ ज्ञान दिने नै ब्राह्मण हुन्। यस भनाइले ब्राह्मण ग्रन्थ र व्यक्ति दुवैतर्फ सङ्केत गरेको हुनुपर्छ। ग्रन्थले विभिन्न वेदको व्याख्या गर्ने ब्राह्मण ग्रन्थहरू हुनुपर्छ र ती ब्राह्मण ग्रन्थका सर्जकलाई पनि स्वतः ब्राह्मण भनिएको हुनुपर्छ। कालान्तरमा ती ब्राह्मण ग्रन्थका सर्जकका सन्तान स्वतः ब्राह्मण कहलिएको पनि हुनुपर्छ। आफ्नो समुदाय, क्षेत्र (भूगोल)मा सबैलाई लाग्ने उत्तम शिक्षा (ज्ञान) दिने व्यक्तिलाई ब्राह्मण भनिएको हुनुपर्छ र वेदको रचना हुनुभन्दा पहिलेदेखि नै श्रेष्ठ ज्ञान दिने व्यक्तिलाई ब्राह्मण भनिने परम्पराको विकास भएको हुनुपर्छ। यही परम्परा वेदको रचना वा वेदको व्याख्या गर्ने युगसम्म आएको हुनुपर्छ।
किनभने अथर्ववेदमा जातिबारे पनि स्पष्ट सङ्केत पाइन्छ। भूमिसूक्त (१२.१.१५) मा पृथ्वीमा पाँच प्रकारका मानिस बस्ने गरेको उल्लेख छ जसमा प्रमुख चार वर्ण तथा पाँचौंमा निषाद अभिप्रेत छ। यसमा ब्राह्मणलाई ज्ञानको भण्डार भएकाले सबैका पालक भनिएको छ
(५.१७.९)। ब्राह्मणलाई अकारण कष्ट पु–याउन निषेध गरिएको छ – न ब्राह्मणो हिंसितव्यः (५.१८.६)।
यसबाट त यो स्पष्ट हुन्छ कि कम्तीमा सामवेदको रचनाको समयसम्म जातिवादको जन्म भइसकेको थियो र मनुःस्मृतिमा यसलाई अझ व्यवस्थित गरी व्याख्या गर्ने काम गरिएको छ।
मनुःस्मृतिको द्वादशोध्यायको यो श्लोकलाई हेरौं ः
अव्रतानाममन्त्राणा. जातिमात्रोपजीविनाम्।
सहस्रशः समेतानां परिषत्त्वं न विद्यते।।११४।।
यसको शब्दार्थ यो हो कि व्रतरहित, अवेदपाठी, केवल जातिमात्रका हजारौं ब्राह्मण जम्मा हुन्छन् भने पनि ब्राह्मणसभा हुन सक्दैन।
यसको भावार्थ यो हो कि व्रत नगर्ने, वेद नजान्ने र जन्मले ब्राह्मण जातिको भए पनि वास्तवमा ब्राह्मण हुन सक्दैन।
वैदिक युगमा जो शिक्षित थिए, उनले लेखे। जसले लेखे – उनी ब्राह्मण कहलिए। जो ब्राह्मण भए, उनी सबैका पूज्य भए। जो पूज्य भए, उनले आफ्नो अत्यन्त राम्रो लेखे र आफ्नो रक्षा गर्नेलाई दोस्रो श्रेणीको उपाधि दिए। बलिया जति क्षत्रिय कहलिए। यसले गर्दा ब्राह्मणलाई अझ सजिलो हुँदै गयो। वैश्यले खान र लाउन दिने भएकाले तेस्रो दर्जा पाए र जसबाट केवल सेवामात्र पाए, उनी चौथो दर्जाको कहलिए। अहिले जातिवादको आदिरूपबारे यस्तै अनुमान लगाउन सकिन्छ। र सम्भवतः ब्राह्मणको लागि तोकिएको कर्म नगर्नेलाई ब्राह्मण नमान्ने चलन पनि थियो कि ?
एक ठाउँमा यसरी भनिएको छ– ब्रह्मचय्र्य आदि धर्म धारण गरेर जसले अङ्ग, मीमांसा, पुराण र धर्मशास्त्र तथा वेद पढेको छ, तिनै शिष्ट ब्राह्मणलाई वेदको प्रत्यक्ष उपदेशक जान्नुपर्दछ।
ब्राह्मणको कर्मको विषयमा धेरै शास्त्रहरूले अनेक व्याख्या गरेका छन्। सम्भवतः ग्रन्थ लेख्ने ब्राह्मण हुने हुनाले नै यस्तो भनिएको हुनुपर्छ।
तलको श्लोकले यो अर्थ प्रदान गर्दछ – वेदाभ्यास, तप, ज्ञान, इन्द्रियसंयम, अहिंसा, गुरुसेवा, यी सबै ब्राह्मणका अत्यन्त कल्याण गर्ने कर्म हुन् ः
वेदाभ्यासस्तपोज्ञानमिन्द्रियाणां च संयमः।
अहिंसा गुरूसेवा च निःश्रेष्सकरं परम्।।८३।