जनता सताइएको छ

0

                जनतालाई शासना परापूर्वकालदेखि दिइँदै आएको छ। कहिले सामन्तवादले थिचोमिचो गरेको छ भने कहिले अति विकसित लोकतन्त्रले। विरोधाभासपूर्ण रहे पनि यो कुरा सत्य हो कि लोकतन्त्रमा पनि जनताले सास्ती भोग्नुपरिरहेको छ। सामन्तवादी युगमा प्रत्यक्ष्F शारीरिक शासना भोग्नुपर्दथ्यो भने अहिले अप्रत्यक्ष्F तर मानसिक शासनाको शिकार हुनुपरेको छ। पहिले सामन्त वा राजा वा तानाशाह र तिनका मतियारहरूको हुकुमी शासनको भार जनतामाथि लादिएको थियो भने अहिले जनताको सरकार भनिए तापनि, शासकको रूपमा स्थापित हुन पुगेका, जनताद्वारा नै चुनिएका प्रतिनिधिहरूको अबुझपना, दूरदृष्टिको अभाव, कार्यसुस्तता आदि कारणले जनताले सास्ती भोग्नुपरिरहेको छ। खासगरी अहिले विश्वव्यापी कोरोना सङ्क्रमण फैलिएको बेला अन्य सास्तीको अनुभूति टडकारो भएर देखिएको छ। यद्यपि आजको नेपालको संविधानले अन्य मुलुकभन्दा अगाडि बढेर जनतालाई स्वास्थ्य तथा खाद्यको पनि मौलिक अधिकार प्रदान गरेको छ। तर अन्तर्निहित तथ्य यसविपरीत देखिएको छ। न कोरोना भनेर स्वास्थ्य प्रत्याभूति छ, न खाद्य सुरक्षाको नाममा जङ्गली जनावरबाट सुरक्षा।

                सर्लाही जिल्लामा वन–जङ्गल नजीक रहेका गाउँ–बस्तीमा अहिले नीलगाईले आतङ्क मचाएका छन्। यो आतङ्क यसपालि मात्र होइन, वर्षौंदेखि नीलगाईहरूले किसानहरूले लगाएको बाली खाइदिने गरेका छन्। एक त वाग्मती नदीको उत्ताउलो चरित्रले भएको जग्गा बगाइदिने, बगरमा परिणत गरिदिने गरेको छ नै, त्यै बगरमा पनि लगाएको बालीनाली जनावरले सखाप पारिदिंदा त्यहाँको जनताले कसरी आजीविकाको जोहो गर्ने ? कुरा सर्लाही जिल्लाको मात्र होइन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लाका वन–जङ्गल छेउका बस्तीका किसानको यस्तै पीडा छ। कहीं नीलगाई, कहीं हात्ती त कहीं बँदेलले किसानलाई सास्ती दिएकै छन्। सरकार चाहिं मानिसको, आफ्नो जनताको, जसले भोट दिएर उसलाई सरकारसम्म पु–याएको छ, उसको होइन कि जनावरको खाद्य सुरक्षा भइरहेकोमा निश्चिन्त छ। कोरोनाको त कुरै बेग्लै छ, सरकारलाई कोरोनाबाट मृत्यु भयो भन्ने कुरा सुन्न मन लाग्दैन, बरु कोरोनाको रोकथामको रूपमा लगाइएको निषेधाज्ञाबाट रोजीरोटी कमाउन नपाएर, लिएको ऋण तिर्न नपाएर, लामो समय घरभित्र थुनिएर बस्नुपर्दा पारिवारिक कलह बढेर भोकै मर्नुपरोस् वा आत्महत्या नै किन नगर्नुपरोस्, सरकारमाथि त्यसको बात लाग्दैन।

                आज कोही रोगी कुनै अस्पताल जाओस्, सकभर उसलाई भर्ना नै लिइँदैन। लिए पनि समर्थ–असमर्थ कुनै ख्याल नराखी थैली रित्तिने गरी शुल्क उठाइन्छ। सामान्य अवस्थामा आफूलाई अति उदार, सबै रोगको विशेषज्ञ भएको साबित गर्न न्वारानदेखिको बल लगाउँछन् तर महामारीको बेला एउटा रोगीलाई भर्ना गर्न अस्पतालहरू ठाडै इन्कार गर्छन्। भर्ना भएका रोगीका लागि औषधि हुँदैन। औषधिजस्तो चीज पनि कालाबजारबाट खरीद गर्नुपर्छ। आजको नेपालको लोकतान्त्रिक सरकारको रवैया यस्तै छ। प्रवृत्ति नै दूषित भएका शासकहरूको झन् यसै बेला आफ्नै स्वार्थ घनीभूत भएको छ। पहिले घरमा दियो बालेर पछि मन्दिरमा बाल्ने प्रवृत्ति भएको हाम्रो समाजका यी नियन्ताहरूले जनतालाई रैतिभन्दा पनि नराम्रो अवस्थामा पु–याइदिएका छन्। जनावर मोटाइरहेका छन्, जनताले दुर्भिक्ष्F भोगिरहेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here