प्रस, रौतहट, १९ वैशाख/
रौतहट जिल्लाको वाग्मती क्षेत्रका किसानहरू नीलगाईबाट पीडित भएका छन् । दर्जनौंको सङ्ख्यामा नीलगाईहरू आएर किसानले लगाएको बाली नष्ट गर्ने गरेका छन् ।
स्थानीय शिक्षक ओमप्रकाश महतोले आजभोलि झुन्डका झुन्ड नीलगाई आउने र किसानले लगाएको बाली नष्ट गर्ने गरेको बताए ।
रौतहटको राजदेवी नगरपालिका र दुर्गाभगवती गाउ“पालिकामा किसानहरूले लगाएको चैते धान, मकै र तरकारी खेतीलाई नीलगाईले क्षति पुर्याउ“दै आएको छ । करीब दुई सातादेखि नीलगाईको आतङ्ढ बढेको छ ।
दिउ“सै आउने नीलगाईलाई किसानहरूले धपाउन थालेपछि अहिले रातिपख आएर बालीलाई क्षति पुर्याउने गरेको एकजना किसानले बताए ।