आइतवार दुईजना सङ्क्रमितको मृत्यु

0

प्रस, वीरगंज, १९ वैशाख/
नारायणी अस्पतालमा आइतवार दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले सङ्क्रमित दुईजना पुरुषको आज मृत्यु भएको बताए । मृत्यु हुनेमा एकजना वीरगंज महानगरपालिका–१६ निवासी ६८ वर्षीय पुरुष छन् । वैशाख १७ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको पिसिआर परीक्षण रिपोर्ट सङ्क्रमित आएको थियो । सङ्क्रमित पुरुषको आइतवार बिहान एक बजे मृत्यु भएको प्रवक्ता डा दासले बताए ।

यसैगरी, पर्सा जिल्ला छिपहरमाई गाउ“पालिका–३ निवासी ४५ वर्षीय पुरुषको पनि आज बिहान १० बजे मृत्यु भएको प्रवक्ता डा दासले बताए । मृतकलाई आजै नारायणी अस्पतालमा भर्ना गरिएको र एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमित पुष्टि भएको प्रवक्ता दासले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here