प्रस, वीरगंज, २५ माघ/
नेपाल पर्यटन बोर्ड र आन्तरिक पर्यटन उत्थान समिति प्रदेश नंं २ को सहकार्यमा वीरगंजमा आइतवार प्रदेशस्तरीय परिचयात्मक कार्यक्रम भएको छ।
कार्यक्रमको मुख्यमन्त्री लालबाबू राउत गद्दीले उद्घाटन गर्दै पर्यटन विकासको लागि प्रदेश सरकार गम्भीर रहेको बताए। उनले आगामी दिनमा पर्यटन पुनर्उत्थानका लागि केन्द्रीय पर्यटन मन्त्रीसँग सहकार्य गरेर योजना बनाउने आश्वासन दिए।
होटल तथा पर्यटन पुनर्उत्थान समिति प्रदेश नं २ का संरक्षण सल्लाहकार युवराज लामाले प्रदेश २ मा पर्यटनका थुप्रै सम्भावना रहेको बताए। उनले पर्यटनका लागि सम्भावना रहेका स्थान र धरोहरहरू रहेका तर सोको पहिचान नगरिएको कारण पर्यटक भिœयाउन नसकेको बताए।
आन्तरिक पर्यटन पुनर्उत्थान समिति प्रदेश नं २ सहसंयोजक मोहन शर्माको अध्यक्ष्Fतामा भएको कार्यक्रममा होटल तथा पर्यटन पुनर्उत्थान समिति प्रदेश नं २ का अध्यक्ष हीरालाल गौतम, होटल व्यवसायीहरू विजय झुनझुनवाला, दीपकमान श्रेष्ठ, विष्णु साह, वैकुण्ठ सापकोटालगायतको सहभागिता थियो।