विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार वितरण

0

प्रस, वीरगंज, २५ माघ/
ज्ञानदा एकेडेमीमा शैक्षिक पुरस्कार समारोह सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापकले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
समारोहमा विद्यालयका प्रअ डा सिबी जदलीले शिक्षा क्ष्Fेत्रमा ज्ञानदाले नौलो आयाम थपेको दाबी गरे। उनले विद्यालयलाई अझै जिम्मेवारी थपिएको र सोअनुरूपको कार्य गर्ने प्रतिबद्धता जाहेर गरे। प्रअ जदलीले सो अवसरमा विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापहरू र वार्षिक शैक्षिक कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रममा शैक्षिक सत्र २०२०/२०२१ को अनलाइन प्रतिस्पर्धा र सन् २०१९/२० मा विषयगतरूपमा उत्कृष्ट हुन सफल छात्रछात्राहरूलाई पुरस्कृत गरिएको थियो।
यसैगरी, ओलम्पियाड फाउन्डेशनमा उत्कृष्ट गर्ने छात्रछात्राहरूलाई पुरस्कृत गरिएको थियो। कार्यक्रमको सहजीकरण शिक्षिका सिपी साहले गरेकी थिइन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here