केही ब्याक्टेरिया (जीवाणु) वातावरणमा रहेको धूलोको माध्यमबाट एक महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्न सक्ने नया“ अध्ययनले जनाएको छ । यस जीवाणुले मनुष्य र जनावरको स्वास्थ्यमाथि पनि प्रभाव पार्नुका साथै जलवायु र पारिस्थितिकीमाथि पनि असर गर्न सक्छ । 

शोध पत्रिका एटमोसफेरिक रिसर्चमा प्रकाशित अध्ययनमा अति सूक्ष्म जीव वायुमण्डलमा रहेका सूक्ष्म कणस“गै एक महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्ने रहस्य सुल्झाउने प्रयास गरेको छ । यही कणहरूको सम्पर्कमा आएर मानिसहरू सङ्क्रमित हुन्छन् ।

स्पेनको ग्रेनाडा विश्वविद्यालयका वैज्ञानिकहरूको भनाइ अनुसार यी सूक्ष्म कणहरूले ब्याक्टेरियाको लागि वाहकको रूपमा काम गर्छ । यसबाट सम्पूर्ण महाद्वीपमा रोगको सङ्क्रमणको खतरा रहन्छ । वैज्ञानिकका अनुसार यी सूक्ष्म कणहरू अर्थात् आइबेरुलाइटलाई पनि माइक्रोस्कोपको मदतले हेर्न सकिन्छ तर यी अति सूक्ष्म कणभन्दा थोरै ठूलो हुन्छ । तिनीहरू धेरै खनिज लवणबाट बनेका हुन्छन् । वैज्ञानिकहरूले आइबेरुलाइटको बारेमा सन् २००८ मा पत्ता लगाएका थिए । शोधकर्ताका अनुसार जीवाणु आइबेरुलाइटको सम्पर्कमा आउने प्रक्रियालाई लिएर शोध भइरहेको छ ।

वर्तमान अध्ययनमा अन्वेषकहरूले ग्रेनाडा शहरको वायुमण्डलमा उपस्थित धूलो कणहरूको अध्ययन गरे । अध्ययन अनुसार यी धूलो कणहरू उत्तर–पूर्वी अफ्रिकाको सहारा मरुभूमिबाट आएका थिए, जसमा ग्रेनाडाको माटोको कण पनि भेटिएको थियो । –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here