विश्वमा महामारीको इतिहास एकदमै पुरानो छ, तर विज्ञानको प्रगति हुदै गएपछि मानिसले ती अदृश्य शत्रु भाइरस र ब्याक्टेरियाबाट फैलिने रोगहरूलाई नियन्त्रण गर्न सिक्यो । पहिलोपटक सन् १७९६ मा बेलायती चिकित्सक डा एडवर्ड जेनरले बिफर
(स्मलपक्स) रोगबाट लड्नको लागि खोप तयार पारेर दुनियालाई रोगहरूविरुद्ध लड्ने सकिने बाटो देखाए । त्यसपछि यो सिलसिला चल्न शुरू भयो र अहिलेसम्म विश्वभरि थुप्रै रोगको खोप तयार भइसकेका छन् । कोरोना महामारीविरुद्ध पनि खोप तयार गरिएको छ । खोपको इतिहास यस प्रकार छन्–
सन् १७९६ मा बेलायती चिकित्सक एडवर्ड जेनरले सबैभन्दा पहिले बिफर रोगको खोप तयार गरेका थिए ।
सन् १८५३ मा अमेरिकामा पहिलोपटक खोपबारेमा कानून बनाइयो । अमेरिकामा सबैका लागि बिफर खोप अनिवार्य गरिएको थियो । १८९८ मा सो कानून अद्यावधिक गरिएको थियो ।
सन् १८८५ मा कुकुरको टोकाइबाट हुने रेबिज रोगबाट बच्न फ्रान्सेली वैज्ञानिक लुइ पाश्चरले रेबिज भ्याक्सिन पत्ता लगाएका थिए ।
सन् १९२१ मा क्षयरोगबाट बच्नको लागि बिसिजी खोपको खोज भयो ।
१९२३ मा डिप्थिरिया रोग रोक्न खोप सृजना गरियो ।
१९२६ मा टिटानस रोगबाट बचाउनको लागि खोप आविष्कार गरियो ।
१९३६ मा मैक्स थैलर र उनका सहयोगीले पहिलोपटक पीत ज्वरो (येलो फिभर)बाट बच्न खोपको आविष्कार गरे ।
१९४४ मा जापानी इन्सेप्mलाइटिस ज्वरोको कारण धेरैजनाको मृत्यु भएपछि खोपको खोज गरिएको थियो ।
१९४५ मा पहिलोपटक प्mलू खोप अभियान शुरू गरिएको थियो ।
सन् १९६० मा अल्बर्ट सैबिनको पोलियो भाइरस खोपले अमेरिकामा लाइसेन्स प्राप्त ग¥यो । यो खोपबाट टाइप १ पोलिभाइरसबाट सुरक्षा प्राप्त भयो । त्यसपछि पोलिया भाइरसको टाइप २ र टाइप– ३ ले पनि लाइसेन्स पायो । सन् १९६३ को खोपमा सबै तीन प्रकारका सामेल थियो ।
सन् १९६३ मा दादुरा (खसरा) खोपले लाइसेन्स प्राप्त ग¥यो । यो खोप पहिलोपटक बा“दर र त्यसपछि मानवमा प्रयोग गरिएको थियो । जोन एन्डर्स र उनका सहकर्मीहरूले दादुरा खोप घोषणा गरेका थिए । अमेरिकामा १९६३ पछि दादुरा खोपलाई लाइसेन्स दिइएको थियो । त्यसपछि सन् १९६९ मा रूबेला भाइरसको खोपले मान्यता पाएको थियो ।
१९७१ मा दादुरा, गलसुआ र रूबेलाको संयुक्त खोप (एमएमआर)ले लाइसेन्स पायो । यी खोप यी तीन रोगको रोकथाममा निकै प्रभावकारी थियो ।
सन् १९७७ मा न्युमोकोकल खोपलाई मन्जूरी दिइयो । यो एउटा मल्टी–सेरोटाइप खोप थियो, जसलाई पेन्सल्भेनिया विश्वविद्यालयका एमडी रोबर्ट एस्ट्रिअन (१९१६–२००७)ले वर्षौंसम्म अध्ययन गरेपछि तयार पारेका थिए । यस खोपको साथसाथै अमेरिकामा स्वाइन प्mलू खोपको लागि काम शुरू गरियो ।
सन् १९८६ मा हेपाटाइटिस ‘बी’को रिकम्बिनेन्ट भ्याक्सिनले लाइसेन्स प्राप्त ग¥यो । यो हेपाटाइटिस ‘बी’ खोप रिकम्बिनेन्ट डिएनए विधिबाट तयार पहिलो मानव खोप थियो । यस खोपलाई यस कारण विकसित गरिएको थियो किनभने शोधकर्ता पछिल्लो हेपटाइटिस बी खोपको समस्याबाट जोगिन चाहन्थे । त्यसपछि सन् १९९५ मा हेपाटाइटिस–ए र चिकनपक्सको खोप पनि तयार गरेका थिए ।
सन् २००२ मा युरोपलाई पोलियोमुक्त घोषित गरियो ।
सन् २००९ मा एच१एन१ विरुद्ध खोप बनाउन सफलता पायो ।
सन् २०२० अगस्तमा सम्पूर्ण अफ्रिकी महाद्वीप पोलियोबाट मुक्त भएको घोषणा गरियो ।
डिसेम्बर २०२० मा कोरोनाविरुद्धको फाइजर, अक्सफोर्ड र केही अन्य कम्पनीले खोप बनाउनमा सफलता पायो ।