प्रस, पंचगावाँ, २२ असोज/
जिल्ला प्रहरी कार्यालय, पर्साले पटेर्वासुगौली गाउँपालिका–५ देउरिया टोलबाट १३१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
सूचनाको आधारमा देउरियाका ४० वर्षीय राज ओझैयालाई सो परिमाणको गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ। प्रहरीले ओझैयाको घरमा छापा मारी चारवटा बोरामा सो परिमाणबराबरको गाँजा बरामद गरेको थियो। बरामद गाँजा १३१ किलो भएको र ओझैयालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।