नगरप्रमुखलाई ज्ञापन

0

प्रस, वीरगंज, २२ असोज/
    युवा समाज पिपराले वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको छ।
    वीरगंज–१४ पिपरामा रहेको बौधीमाताको मन्दिरको रङ्गरोगन, चौतारा मरम्मत र पूजापाठको लागि खर्च तथा पूजाको लागि एकजना पुजारीको व्यवस्था गर्न युवा समाजले माग गरेको हो।
    समाजका अध्यक्ष अनिल पटेलले मन्दिर जाने बाटोमा भेपरलाइटको व्यवस्था तथा मन्दिरदेखि २ सय मिटर पर सार्वजनिक पोखरीलाई व्यवस्थापन गर्न पनि आग्रह गरेका छन्। सो पोखरीमा छठपूजा हुने हँुदा पोखरी व्यवस्थापनको लागि नगरप्रमुखको ध्यानाकर्षण गराइएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here