भण्डारण गरिएको काठ बरामद

0

प्रस, बिरुवागुठी, २२ असोज/
    सबडिभिजन वन कार्यालय, बडनिहार, मनवा र रङ्गपुरको संयुक्त टोलीले पर्सागढी नगरपालिका–१ मनवामा भण्डारण गरिएको सालका गोलियासहित चिरान काठ नियन्त्रणमा लिएको छ।
    मनवाबाट १ थान सालको गोलिया र ३१ क्युफिट चिरान काठ बरामद गरिएको सबडिभिजन वन कार्यालय बडनिहारका सुबेदार रामाशिषप्रसाद कुर्मीले बताए।
    बेवारिसे अवस्थामा गोलिया र चिरान काठ बरामद भएको बताइएको छ। भण्डारण गर्ने व्यक्तिको खोजी भइरहेको सुबेदार कुर्मीले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here