२०८१ माघ २३. बुधबार

सडक दुर्घटनामा १० महीने बालकसहित तीनजनाको मृत्यु

प्रस, निजगढ, ११ असोज/पूर्व–पश्चिम राजमार्गको बारा पथलैयास्थित दुधौरा पुलनजीकै बसको ठक्कबाट स्कूटीमा सवार तीनजनाको घटनास्थलमैं मृत्यु भएको छ ।बारा निजगढ नगरपालिका–१० लालका २६ वर्षीय तीर्थमान स्याङ्ताङ, २५ वर्षीया ज्योति स्याङ्ताङ र निजका १० महीने छोरा आहान स्याङ्ताड्को दुर्घटनास्थलमैं मृत्यु भएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले जनाएको छ ।पथलैयाबाट निजगढतर्फ आउँदै गरेको प्रदेश […]

गर्भवती कोरोना पुष्टि, अस्पताल नपाएर घरमैं छटपटाउँदै

राधेश्याम पटेल, वीरगंज, ११ असोज/    वीरगंजमा २६ वर्षीया गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा शनिवार भएको पिसिआर परीक्षणमा ९ महीनाकी गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।    साबिक पोखरिया नगरपालिका–७ रानीगंज, हाल वीरगंज–२४ रामगढवा (रानीघाट पुलनजीक) बस्ने २६ वर्षीया गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको निजका दाइले जानकारी गराएका छन्। ६ […]

राजमार्गमा टेन्ट गाडेर उखु किसानको प्रदर्शन

प्रस, गरुडा, ११ असोज/    उखु किसानहरूले भुक्तानी माग गर्दै राजमार्ग नै अवरुद्ध पारेर दुई दिनदेखि सडकमा प्रदर्शन गर्दै आएका छन्। रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले गत आर्थिक वर्षसम्म किसानसित किनेको उखुको मूल्य भुक्तानीको माग गर्दै तीन दिने चक्काजाम घोषणा गरी उखु उत्पादक सङ्घ रौतहटले आन्दोलन गरिरहेको छ।    शनिवार एक घण्टा चक्काजाम गरेका उखु किसानहरूले आइतवार […]

विद्यालय सञ्चालन गर्न वैकल्पिक शिक्षामा पहुँच भएन

प्रमोद यादव, पंचगावाँ, ११ असोज/    पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा अहिलेसम्म वैकल्पिक माध्यमबाट अध्ययन/अध्यापन सुचारु हुन नसक्दा विद्यार्थीहरूले सिकाइ बिर्सेको अभिभावकहरूले बताएका छन्।    सरकारले स्थानीय तह र विद्यालयले उच्च सतर्कता अपनाइ सामाजिक दूरी कायम गरेर विद्यालय वा विद्यार्थीहरू भएको टोलमा गएर शिक्षक परिचालन गरी शिक्षा परामर्श तथा वैकल्पिक उपायबाट अध्ययन अध्यापन गराउन रायसल्लाह, सुझाव सङ्कलन गर्ने […]

पर्सा, बारा, रौतहटमा १७ जना सङ्क्रमित

प्रस, वीरगंज, ११ असोज/पर्सा, बारा र रौतहटमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।नारायणी अस्पताल प्रयोगशालामा १९२ जनाको स्वाब नमूनाको पिसिआर परीक्षण गर्दा १७ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।बाराका ३, रौतहटका १ र पर्सा जिल्लाका १३ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए।पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा […]

वीरगंजमा चीनविरुद्ध प्रदर्शन

प्रस, वीरगंज, ११ असोज/    नव जनकल्याण युवा सञ्जाल पर्साले घण्टाघरमा चीनविरुद्ध प्रदर्शन गरेको छ। हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीको भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरिएको सञ्जालका अध्यक्ष सगीर अलिले बताए।    प्रदर्शनकारीहरूले नेपाली भूमि अतिक्रमण भएकोमा चीनको विरोध गर्दै अतिक्रमित भूमि खाली गर्न माग गरेका थिए। कार्यक्रममा अलि हसन, विक्कीराज पटेल, नूर आलमले अतिक्रमित नेपाली भूमि […]

बेलवाका दलितहरूलाई राहत वितरण

प्रस, वीरगंज, ११ असोज/    वीरगंज महानगरपालिका–३१ बेलवास्थित दलित बस्तीमा छाया नेपाल काठमाडौंको आर्थिक सहयोगमा पिस फर दलित फाउन्डेशन नेपाल पर्साले राहत वितरण गरेको छ।    लकडाउन, निषेधाज्ञाको कारण बेरोजगार भएका दलितहरूलाई खान समस्या भएको भनी समाचार प्रकाशमा आएपछि पचास घरधुरीलाई राहत वितरण गरिएको हो। लकडाउन, निषेधाज्ञाको कारण बेरोजगार भएका सतन माझी मुसहरले आत्महत्या गर्नुपरेको थियो भने […]

नेशनल मेडिकलमा सङ्क्रमित बढ्यो, ९ जना डिस्चार्ज

प्रस, वीरगंज, ११ असोज/    वीरगंजको नारायणी अस्पताल, वीरगंज हेल्थकेयर र गण्डक अस्पतालमा कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएपछि अस्थायी कोभिड अस्पताल बन्द गरिएको छ तर नेशनल मेडिकल कलेजको नगवास्थित बाबा होटलमा रहेको कोभिड अस्पतालमा सङ्क्रमितहरू बढ्न थालेका छन्।    भदौ २६ गतेदेखि १७० शय्या क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएपछि आइतवार दिउँसोसम्म ३३ जना पुरुष उपचाररत छन्। […]

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ११ असोज/रासस    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतवार प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।    भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षा भएको मौसमविद् समीर श्रेष्ठले बताए। “आज बेलुकाबाट यी प्रणाली […]