वीरगंजमा चीनविरुद्ध प्रदर्शन


प्रस, वीरगंज, ११ असोज/
    नव जनकल्याण युवा सञ्जाल पर्साले घण्टाघरमा चीनविरुद्ध प्रदर्शन गरेको छ। हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीको भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरिएको सञ्जालका अध्यक्ष सगीर अलिले बताए।
    प्रदर्शनकारीहरूले नेपाली भूमि अतिक्रमण भएकोमा चीनको विरोध गर्दै अतिक्रमित भूमि खाली गर्न माग गरेका थिए। कार्यक्रममा अलि हसन, विक्कीराज पटेल, नूर आलमले अतिक्रमित नेपाली भूमि खाली गर्न चीनलाई आग्रह गरे। उनीहरूले अतिक्रमित भूमि फिर्ता नगरे चीनविरुद्ध निरन्तर प्रदर्शन गर्ने चेतावनी दिएका थिए। कार्यक्रमको सहजीकरण विजयकुमार झाले गरेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्