बेलवाका दलितहरूलाई राहत वितरण

प्रस, वीरगंज, ११ असोज/
    वीरगंज महानगरपालिका–३१ बेलवास्थित दलित बस्तीमा छाया नेपाल काठमाडौंको आर्थिक सहयोगमा पिस फर दलित फाउन्डेशन नेपाल पर्साले राहत वितरण गरेको छ।
    लकडाउन, निषेधाज्ञाको कारण बेरोजगार भएका दलितहरूलाई खान समस्या भएको भनी समाचार प्रकाशमा आएपछि पचास घरधुरीलाई राहत वितरण गरिएको हो। लकडाउन, निषेधाज्ञाको कारण बेरोजगार भएका सतन माझी मुसहरले आत्महत्या गर्नुपरेको थियो भने त्यहाँ रहेका दलितहरूलाई पनि दैनिक जीवनयापन गर्न समस्या भइरहेको छ।
    राहत पाएपछि सीतादेवी चमार, अशोक पासवानलगायतले खुशी व्यक्त गरे। उनीहरूले लकडाउन र निषेधाज्ञामा दलित बस्तीका थुप्रै मुसहर परिवारलाई बिहान–बेलुका खानको लागि समस्या भइरहेको बताए।
    कार्यक्रममा वडाध्यक्ष चुमनदास चौधरी, सामाजिक कार्यकर्ता प्रकाश थारू, छाया नेपालका प्रतिनिधि हीरालाल चौधरी, पिस फर नेपाल पर्साका अध्यक्ष मनोज राम, स्थानीय दलित अगुवा
अजय पासवान, जितेन्द्र हजरा, लक्ष्मी हजरा, ध्यानी रामलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here