काठमाडौं, ११ असोज/रासस
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतवार प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
    भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षा भएको मौसमविद् समीर श्रेष्ठले बताए। “आज बेलुकाबाट यी प्रणाली पूर्णरूपमा हटेर जानेछ,” मौसमविद् श्रेष्ठले भने।
    यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ। यस अवधिमा कुनै नयाँ प्रणाली विकसित नभए झरी तथा भारी वर्षा हुने सम्भावना नरहेको बताइएको छ। हाल प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रही एक वा दुर्ई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here