प्रस, रौतहट, ७ असोज/
    जिल्ला प्रहरी कार्यालय, रौतहटले ६३ हजार मूल्यबराबरको बेवारिसे सामान भन्सार चलान गरेको छ।
    अस्थायी प्रहरी पोस्ट महादेवपट्टि र जिप्रका रौतहटको टोलीले गौर नगरपालिका–२ महादेवपट्टिबाट बेवारिसे अवस्थामा कपडा, कस्मेटिक, किराना सामान बरामद गरेको थियो। बरामद सामान गौर भन्सार कार्यालयमा कारबाईको लागि पठाइएको जिप्रका, रौतहटले जनाएको छ।
    यसैगरी, जिप्रका, रौतहट अन्तर्गतको विभिन्न प्रहरी चौकीले बरामद गरेको ७४ हजार मूल्यबराबरको सामान पनि गौर भन्सार कार्यालय चलान गरिएको छ।
    सीमानाकाबाट भन्सार छली चोरी–पैठारी रोक्ने क्रममा प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो। प्रहरी गस्ती देखेर तस्करहरू सामान छाडी भागेको जिप्रका, रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here