२०७७ असोज ०५ गते सोमवारको प्रतीक दैनिक
वीरगंजका सरकारी कार्यालयहरू खुले
प्रस, वीरगंज, ४ असोज/ वीरगंज महानगरपालिकामा रहेका सरकारी कार्यालयहरू आइतवारदेखि सञ्चालनमा आएका छन्। साउन १० गतेदेखि निषेधाज्ञा जारी भएपछि बन्द भएका सरकारी कार्यालयहरू असोज १५ गतेसम्म निषेधाज्ञा जारी भएको अवधिमा आजदेखि सञ्चालनमा आएका हुन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको भदौ ३० गते बसेको बैठकले असोज १ गतेदेखि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सरकारी कार्यालय […]
यात्रीहरूसँग पनि चर्को भाडा असुली
प्रस, वीरगंज, ४ असोज/ वीरगंजबाट विभिन्न ठाउँका लागि सञ्चालित बससेवा शुरू भएपनि यात्रीहरूले चर्को भाडा तिर्नुपरेको गुनासो गरेका छन्। वीरगंजबाट काठमाडौं, पोखरा, नारायणगढ, जनकपुर, विराटनगरलगायतका ठाउँका लागि अहिले सार्वजनिक यातायात अन्तर्गत बससेवा शुरू भएको छ। सरकारले तोकिएको दररेटमा पचास प्रतिशत वृद्धि गर्न निर्देशन दिए पनि अहिले सोविपरीत मनोमानी तरीकाले भाडा लिइँदैछ। वीरगंजबाट चल्ने रात्रिसेवाका बसहरू […]
नोवेल टेक्सटाइल्सको ११ करोडको होजियारी प्लान्ट आउँदै
प्रस, परवानीपुर, ४ असोज/ चिनियाँ र भारतीय रेडिमेड कपडाको आयात कम भएपछि वीरगंजका उद्योगीहरूले गार्मेन्ट उद्योगतर्फ लगानी विस्तार गर्न थालेका छन्। विगत ६ महीनादेखि कोरोना महामारीको कारण बजार, व्यापार प्रभावित भएको छ। लकडाउनले नेपाल–भारत सीमा सिल हुँदा भारतबाट तस्करीमार्फत् तयारी कपडाहरू नेपाल भित्रिन पाएको छैन। जसले गर्दा स्वदेशी उद्योगहरू फस्टाउन थालेको वीरगंजका उद्योगीहरूको भनाइ छ। […]
गाउँ/शहरमा चोरीका घटनामा वृद्धि
प्रस, वीरगंज, ४ असोज/ पर्साको ग्रामीण भेगदेखि शहरबजारमा चोरीका घटनामा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका प्रहरी एकाइहरूमा दैनिक ३०/४० वटा चोरीका घटनाको उजूरी आउने गरेको छ। पसल तथा घरको ताला फोडी खाद्यान्नलगायत अन्य सामान चोरी हुने गरेको प्रहरीले जनाएको छ। लक्ष्मनवा निवासी राहुल गुप्ताको घरबाट शनिवार पाँचवटा मोबाइल चोरी भएको थियो। […]
छिपहरमाई गापा–३ टिउकीमा बर्थिङ सेन्टर सञ्चालन
प्रस, पोखरिया, ४ असोज/ छिपहरमाई गाउँपालिका–३ टिउकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गापा अध्यक्ष मनोजकुमार गुप्ताले आइतवार बर्थिङ सेन्टरको उद्घाटन गरेका थिए। सो अवसरमा उनले गापाका पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे। यसअघि गापाको वडा नं ४ तुलसीबर्वामा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको छ भने वडा नं ३ जयमङ्गलापुरमा बर्थिङ सेन्टर निर्माणाधीन अवस्थामा […]
वडावासीद्वारा जनप्रतिनिधिको ध्यानाकर्षण
प्रस, पंचगावाँ, ४ असोज/ पटेर्वासुगौली गाउँपालिका–५ का वडावासीहरूले स्थानीय जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएका छन्। वडाका महिला, पुरूषहरू सहभागी भएर वडाका विकास योजनाको छनोट स्थानीय भावनाअनुरूप हुनुपर्ने भन्दै गापामा गएर जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएको स्थानीय मुक्तिप्रसाद साहले बताए। वडाको मनिहर्वाटोल र दलितबस्तीको सडक ढलान हुनुपर्ने उनीहरूले माग गरे। यसैगरी, अतिविपन्न […]
प्रशासनद्वारा प्याजको मूल्य निर्धारण
प्रस, वीरगंज, ४ असोज/ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको आइतवार सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको छ। बैठकले प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु. ७५ निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। त्यसैगरी, प्रशासनले प्याजको मूल्य निर्धारण गरेकोले मूल्यभन्दा बढी कसैले बिक्री गरेको पाइएमा कानून बमोजिम […]
बाल क्लबको आयोजनामा १७ जनाद्वारा रक्तदान
प्रस, पोखरिया, ४ असोज/ पोखरिया नगरपालिका–९ बैरियाबिर्तामा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए। जय माँ सरस्वती बाल क्लब पोखरियाले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख दीपनारायण रौनियारले गरेका थिए। बाल क्लबका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपप्रमुख सलमा खातुन, नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति वीरेन्द्रराज […]
स्थानीयवासी र प्रहरीबीच झडप
प्रस, पंचगावाँ, ४ असोज/ पटेर्वासुगौली गाउँपालिका–४ मा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। मकवानपुरको मनहरीबाट गाँजा ल्याई पटेर्वाटोलमा भण्डारण गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण टोली पुगेर स्थानीयको घरमा खानतलाशी गरेको थियो। स्थानीयले एउटा घरबाट अर्को घरमा गाँजा सार्न थालेपछि प्रहरीले रोक्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो। प्रहरीको […]