बाल क्लबको आयोजनामा १७ जनाद्वारा रक्तदान


प्रस, पोखरिया, ४ असोज/
    पोखरिया नगरपालिका–९ बैरियाबिर्तामा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए।
    जय माँ सरस्वती बाल क्लब पोखरियाले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख दीपनारायण रौनियारले गरेका थिए। बाल क्लबका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपप्रमुख सलमा खातुन, नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति वीरेन्द्रराज कँडेल, पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, जसपाका नेता निजामुद्दीन समानीलगायतको सहभागिता
थियो।
    कार्यक्रममा मन्सुर आलम, प्रफुल मिश्र, विशाल पटेल, उमेश पटेल, राजन मिश्र, अजय पटेल, मुमताज आलमलगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी, पर्साका कार्यालय प्रमुख उदयराज शर्माले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here