महामारीको समयमा एम्बुलेन्स मरम्मत गरिएन

नरेश यादव, पर्सागढी, ३१ भदौ/    कोरोना महामारीको समयमा  वीरगंज महानगरपालिका–३१ मिलनचोकको प्रहरी चौकीमा एम्बुलेन्स थन्काएर राखिएको छ।    स्थानीय निर्वाचनअघि बेलवा गाविसले एम्बुलेन्स खरीद गरी सञ्चालक समिति बनाएर गाउँवासीलाई सेवा दिंदै आएको थियो। तर स्थानीय निर्वाचनपछि वडाध्यक्ष चुमनप्रसाद गौरोको रेखदेखमा एम्बुलेन्स सञ्चालन गर्ने जिम्मेवारी रहेको वडावासीले बताए। तर उनको जिम्मामा गएपछि एम्बुलेन्स बिग्रिएर प्रहरी चौकीमा थन्किएको […]

सडक कालोपत्र गर्दा लापर्बाही, स्थानीयको विरोध

प्रस, ठोरी, ३१ भदौ/    वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिकामा पर्ने सडकमा ठेकेदार कम्पनीले कालोपत्र गर्दा लापरवाही गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्।    सडक निर्माणको ठेक्का सकारेको बानियाँ निर्माण सेवाले कालोपत्र गर्ने क्रममा लापरवाही गरेको स्थानीयले आरोप लगाएका छन्।    यसअघि, वडा नं ४ को मिलचोकमा पहिलो चरणको कालोपत्रे गर्दा लापरवाही गरेको, सडकको मोटाइ कम गरेको […]

जुवा खेलेको आरोपमा चारजना पक्राउ

प्रस, निजगढ, ३१ भदौ/    इलाका प्रहरी कार्यालय, निजगढले होटलमा जुवा खेलिरहेका चारजनालाई पक्राउ गरेको छ।    निजगढ नगरपालिका–७ का जीतसिंह लामा, वडा नं. ४ का हरि ढुङ्गाना, होमबहादुर खड्का, शिव अधिकारी र शुभम् होटलका सञ्चालक रमेश पौडेललाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो।      होटलमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। जुवाको खालबाट रु […]

निजगढ नपाद्वारा ७७ लाखको ढुङ्गा जफत

जीतलाल श्रेष्ठ, निजगढ, ३१ भदौ/    निजगढ नगरपालिकाले विभिन्न स्थानमा थुपारेका ७७ लाख मूल्य बराबरको ढुङ्गा जफत गरेको छ।    भदौ २८ गते कार्यपालिकाको बैठकले अवैधरूपमा खोलानाला, बगरबाट सङ्कलन गरिएको ढुङ्गा जफत गर्ने निर्णय गरेको थियो।    नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लीलादेवी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, सूचना अधिकारी रविन घिमिरेलगायतको टोलीले ढुङ्गा राखिएका स्थानको अनुगमन गर्दै […]

चितवनको साहित्यिक–पत्रकारिता गोष्ठी

प्रस, गरुडा, ३१ भदौ/    प्रेस काउन्सिल नेपालले चितवनको साहित्यिक पत्रकारितासम्बन्धी एक दिवसीय भर्चुअल गोष्ठी सम्पन्न गरेको छ।    काउन्सिलका विषयगत उपसमितिका संयोजक साहित्यकार चेतनाथ धमलाको सभापतित्वमा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार डिआर पोखरेलले नेपालको साहित्यिक पत्रकारिताको इतिहास खोतल्दै चितवनको साहित्यिक पत्रकारिताको इतिहास र वर्तमान अवस्थालाई यथार्थपरक किसिमले चित्रण गरेका छन्। कार्यपत्रमाथि साहित्यकार केदारप्रसाद तिमल्सिना र […]

सुरक्षा निकायलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

प्रस, निजगढ, ३१ भदौ/    लायन्स क्लब निजगढ र लायन्स क्लब निजगढ पिसले बुधवार स्थानीय सुरक्षा निकायहरूलाई थर्मल गन, पिपिई, मास्क वितरण गरेको छ।    इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुरक्षा बेस निजगढ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बारा, नेपाली सेनाको फास्ट ट्र–याक सडक निर्माण कार्यदललाई स्वास्थ्य सामग्री वितरण गरिएको हो। १५ थान थर्मल गन, १५ […]

खाली भए रौतहटका सबै क्वारेन्टाइन

प्रस, गरुडा, ३१ भदौ/    कुनै बेला अत्यधिक चापले व्यवस्थापनमा निकै समस्या देखिएको रौतहटका सबै क्वारेन्टाइन खाली भएका छन्। जिल्लाका १८ वटै स्थानीय तहमा निर्माण गरिएका सबै क्वारेन्टाइन खाली भएका छन्।    गत चैत ११ गतेदेखि भदौ मसान्तसम्म जिल्लामा १३० वटा क्वारेन्टाइन सञ्चालनमा आएका थिए। सबै क्वारेन्टाइनमा गरी जिल्लामा १३ हजार ७०० भन्दा बढी मानिस बसेर घर […]

निषेधाज्ञा र लकडाउनका कारण वीरगंजमा रोकियो १५ सय कार

राधेश्याम पटेल, वीरगंज, ३१ भदौ/    दशैंको सिजन शुरू हुन लाग्दा पनि वीरगंज नाकाबाट पहिलेजस्तो गाडी आयात भएको छैन। दशैं–तिहारमा विशेष गरी मोटरसाइकलदेखि विलासी कार र हेभी सवारीसाधन विगतमा खूबै आयात हुन्थ्यो। तर विगत ६ महीनादेखि जारी कोभिडको असरले देशकै अर्थव्यवस्थामा नकारात्मक असर पारिरहेको छ।    चैत १० गतेदेखि नेपालमा शुरू भएको लकडाउन र निषेधाज्ञाको कारण बजार […]

सरकारको चाल

    कुनै एक पक्षको चालचलन, गति तथा क्रियाक्लापले अर्को पक्षलाई प्रभावित गर्छ। यसरी पर्ने प्रभावबाट अर्को पक्षले आफ्नो स्वभाव अनुसार प्रतिक्रिया दिन्छ। प्रायः कुकुरहरू बिरालो देख्नेबित्तिकै झम्टन्छन्। कुनै दोषविना नै बिरालो माथि कुकुरको झम्टाइ किन ? पशु तथा जनावरविज्ञहरू भन्छन्–“बिरालोको हिंडाइ तथा हेराइको चाल नै यस्तो हुन्छ कि कुकुरको शिकारी स्वाभावलाई जगाइदिन्छ।” अतः बिरालोको बडी […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।