सुरक्षा निकायलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान


प्रस, निजगढ, ३१ भदौ/
    लायन्स क्लब निजगढ र लायन्स क्लब निजगढ पिसले बुधवार स्थानीय सुरक्षा निकायहरूलाई थर्मल गन, पिपिई, मास्क वितरण गरेको छ।
    इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुरक्षा बेस निजगढ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बारा, नेपाली सेनाको फास्ट ट्र–याक सडक निर्माण कार्यदललाई स्वास्थ्य सामग्री वितरण गरिएको हो। १५ थान थर्मल गन, १५ थान पिपिई, ६ हजार थान मास्क वितरण गरेको लायन्स क्लब निजगढका अध्यक्ष रामचन्द्र जयसवाल र लायन्स क्लब निजगढ पिसका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए।
    निजगढका नगरप्रमुख सुरेशकुमार खनाल, नगर उपप्रमुख लीलादेवी लामिछानेले सम्बन्धित सुरक्षाकर्मीहरूलाई सामग्री हस्तान्तरण गरेका हुन्।
    यसैगरी नगर उद्योग वाणिज्य सङ्घ निजगढले २५ सय थान मास्क प्रदान गरेको थियो। शहीदचोकमा कार्यक्रमको आयोजना गरी मास्क वितरण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here