हराएका बालक अभिभावकको जिम्मा

प्रस, रौतहट, २७ भदौ/    इलाका प्रहरी कार्यालय शिवनगर, रौतहटले एकजना बालकलाई अभिभावकको जिमा लगाएको छ।    हराएका ८ वर्षीय बालक पिन्टु कुमारलाई उनका दाजु बारागढी गाउँपालिका–१३ बस्ने हरिओम रायको जिम्मा लगाएको रौतहट प्रहरीले जनाएको छ।    हराएका बालक पिन्टु नेपाल–भारत मैत्री विरङ्गना अनाथ आश्रमको सम्पर्कमा आएपछि उनलाई संस्थाका अध्यक्ष प्रभा सिंहले रौतहट प्रहरीको जिम्मा लगाएकी थिइन्।

द हैबिट इन्स्टलेशन विषयमा प्रशिक्षण

प्रस, वीरगंज, २७ भदौ/    ह्युमन रिसोर्सेस सोसाइटी नेपालको आयोजनामा द ह्याबिट इन्स्टलेशन प्रोटोकल विषयमा प्रशिक्षण कार्यक्रम शुक्रवार वीरगंजमा सम्पन्न भएको छ।    प्रदेश २ का विभिन्न सङ्घसंस्था तथा म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूलाई शुक्रवार अनलाइनबाट सेली डटकम वीरगंजका चेयरपर्सन तथा ग्लेसियर इन्टरनेशनल कलेजका निर्देशक राजेन्द्र कोइरालाले प्रशिक्षण दिएका थिए।    सोसाइटीका कार्यकारी सदस्य तथा प्रदेश २ का प्रतिनिधि अनिल […]

पोखरियामा वृक्षरोपण

प्रस, पोखरिया, २७ भदौ/    पोखरिया नगरपालिका र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा पोखरियाको मुख्य सडकमा वृक्षरोपण गरिएको छ।    पोखरिया नपा–७ को मूल सडकमा नगरप्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, जसपाका नेता निजामुद्दीन समानी, वडाध्यक्ष नन्दलाल पटेललगायतले वृक्षरोपण गरेका थिए।    विभिन्न प्रजातिका सय थान बिरुवा सडकको दायाँ–बायाँ रोपिएको जसपाका नेता समानीले बताए।

चौधरी पक्राउ

प्रस, वीरगंज, २७ भदौ/    लागूऔषध गाँजा/चरेस मुद्दाका फरार एकजना अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।    २०५७ माघ १८ गते पर्सा जिल्ला अदालतले लागूऔषध मुद्दामा ११ महीना कैद र रु ५ हजार जरिवाना तोकेपछि फरार रहेका पटेर्वासुगौली गाउँपालिका–४ बस्ने शम्भु चौधरीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले शुक्रवार पक्राउ गरेको छ। उनलाई गाउँमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरी […]

कल्याण दहमा पुल बनेपछि स्थानीय खुशी

प्रस, सिराहा, २७ भदौ/    सिराहा जिल्लाको विकट स्थान  सखुवानन्कारकटि गाउँपालिकाको वडा नं. १ स्थित कल्याण दहमा पुल निर्माण भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्।    बितेको फागुनमा सम्पन्न हुनुपर्ने पुल बन्दाबन्दीको कारण निर्माण हुन चार महीना विलम्ब भएर भदौ पहिलो साता सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।    चार करोड ९२ लाख रुपैयाँको लागतमा बाम्ती/अजय जेभी निर्माण […]

अतिविपन्न परिवारलाई जस्तापाता वितरण

प्रस, रौतहट, २६ भदौ/    दुर्गाभगवती गाउँपालिकाले ५ सय  थान जस्तापाता वितरण गरेको छ।    सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पालिकाभरिका अतिविपन्न तथा गरीब परिवारलाई जस्तापाता वितरण गरिएको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले बताए।    गापाले अतिविपन्न ५० परिवारलाई १० थानको दरले ५ सय थान जस्तापाता  वितरण गरेको गापा अध्यक्ष साहले बताए।

सीमा क्षेत्रमा तस्करी रोकिएन

प्रस, परवानीपुर, २७ भदौ/    कोरोना महामारीको समयमा पनि नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोकिएको छैन।    बाराको ग्रामीण नाकाबाट तस्करीको ११ लाख ७२ हजार रुपैयाँको सामान बारा प्रहरीले बरामद गरेको छ भने सो सामान ओसारपसारमा प्रयोग भएका एक मिनी ट्रक र एउटा मोटरसाइकल पनि बरामद गरेको छ। बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार भारतबाट भन्सार छली ल्याइएको […]

मनोविकारको आध्यात्मिक उपचार प्रक्रिया

    सम्पूर्ण विश्व आज मनोरोगहरूका भयङ्कर चपेटमा छ। मानौं मनोविकारको बाढी नै आएको छ। अपराध, हिंसा, आतङ्क, आत्महत्याको मूलमा रोगी मनले नै काम गरिरहेको हुन्छ। समाचारपत्रहरूको ऐनामा हे–यो भने पूरा मानवजाति एउटा विक्ष्Fिप्तताको युगमा बाँचिरहेको छ। आज विश्वको जनसङ्ख्याको एउटा हिस्सा कुनै न कुनै मनोरोगको चपेटमा छ। देश–विदेशमा भएका अनेकानेक अध्ययनहरूबाट के देखिन्छ भने शारीरिक […]

कोरोनामा रोजगार : योजनाको कमजोर धरातल

– ओमप्रकाश खनाल    सरकारले ल्याएको चालू आर्थिक वर्ष २०७७/७८ को बजेट हेर्दा करीब १२ लाख रोजगार सृजना गर्ने योजना देखिन्छ। तर नेपालको औपचारिक र अनौपचारिक क्षेत्रमा ३७ लाख रोजगार जोखिममा परेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अनुमान छ। वैदेशिक श्रममा गएकामध्ये २५ प्रतिशतको रोजगार सङ्कटमा पर्ने अनुमानलाई आधार मान्ने हो भने १५ लाख हाराहारी नेपाली बाहिरी देशको […]

उहिलेका कुरा खुइले

– कुमार रुपाखेती    कुनै बखत पृथ्वी जयन्ती, प्रजातन्त्र दिवस, शहीद दिवस, राजारानीका जन्मोत्सव आदि राष्ट्रिय पर्वझैं धूमधामले मनाइन्थ्यो, वीरगंजमा चहलपहल बढेको देखिन्थ्यो। सबै तप्काका नागरिक, कर्मचारी, विद्यार्थी, गणमान्य व्यक्ति, शाही सेना, नेपाल प्रहरी आदि सम्मिलित विशाल समूहले नगरपरिक्रमा गर्दथ्यो। जुलुसलाई प्रभावकारी बनाउन विभिन्न कलकारखानाको प्रगति झल्किने झाँकीहरूले रौनक बढाएको हुन्थ्यो। यो बेला गोरखा दक्षिण बाहु […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।