हराएका बालक अभिभावकको जिम्मा

0
314


प्रस, रौतहट, २७ भदौ/
    इलाका प्रहरी कार्यालय शिवनगर, रौतहटले एकजना बालकलाई अभिभावकको जिमा लगाएको छ।
    हराएका ८ वर्षीय बालक पिन्टु कुमारलाई उनका दाजु बारागढी गाउँपालिका–१३ बस्ने हरिओम रायको जिम्मा लगाएको रौतहट प्रहरीले जनाएको छ।
    हराएका बालक पिन्टु नेपाल–भारत मैत्री विरङ्गना अनाथ आश्रमको सम्पर्कमा आएपछि उनलाई संस्थाका अध्यक्ष प्रभा सिंहले रौतहट प्रहरीको जिम्मा लगाएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here