४३ वटा खसी भन्सार चलान

प्रस, वीरगंज, २२ भदौ/    बाराको सुवर्णपुर गाउँपालिका–५ मा रहेको सीमा इलाकाबाट सशस्त्र प्रहरीले ४३ वटा खसी बरामद गरेको छ। भारतबाट लुकाइछिपाइ भित्र्याइएको अवस्थामा ४३ वटा खसी बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए। सशस्त्र प्रनाउ निरञ्जन भण्डारी नेतृत्वको टोलीले खसी बरामद गरी आवश्यक कारबाईको लागि भन्सार कार्यालयमा दाखिला गराएको सप्रउ कर्णजीतले बताए।

उखु किसानले अझै पाएनन् रु २४ करोड

सर्लाही, २२ भदौ/रासस    किसानले उखु बिक्री गरेबापत करीब रु २४ करोड अझै भुक्तानी नपाएको पाइएको छ।    जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनीमिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ। उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुर्ई महीनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस १८ गते […]

प्रहरी हस्तक्षेपको विरोधमा पर्सामा प्रदर्शन

प्रस, वीरगंज, २२ भदौ/    रातो मछिन्द्रनाथको रथ यात्रामा प्रहरी प्रशासनबाट गरिएको हस्तक्षेपको विरोधमा सोमवार पर्सामा प्रदर्शन गरिएको छ।    दिउँसो साढे १२ बजेदेखि १ बजेसम्म पर्साको पकहामैनपुर गाउँपालिकामामा प्रदर्शन भएको हो। नेपाल विश्व हिन्दू महासङ्घ पर्साको अगुवाइमा पकहामैनपुर गाउँपालिकाको मधुबनी चोकमा प्रदर्शन गरिएको थियो। आधा घण्टा विरोध प्रदर्शनको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरी […]

वीरगंजमा ट्राफिक नियम विचित्र

 वीरगंजमा ट्राफिक नियम विचित्रको छ। ट्राफिकले मुख्य सडकको एकतर्फी सञ्चालित सडकमा मात्र पार्किङ गर्ने नियम बनाएको छ। दुईतर्फी सवारीसाधन चल्ने सडकमा पार्किङ निषेध गरिएको छ। यसै कारणले आदर्शनगर चोकदेखि ठाकुर राम क्याम्पससम्म दुईतर्फी सञ्चालित सडकमा पार्किङ निषेध गरिएको छ। तर त्यही फुटपाथमा पार्किङ गरी राखेको मोटरसाइकललाई भने ट्राफिक प्रहरीले केही गरेको छैन। यसैगरी, दुईतर्फी सवारीसाधन […]

सालको गोलिया बरामद

प्रमोद यादव, पंचगावाँ, २२ भदौ/    सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाको टोलीले ३० क्युफिट सालको गोलिया बरामद गरेको छ।    गएराति सखुवाप्रसौनी गाउँपालिका–२ एकटाँगा जाने सडकखण्डको आँपको बगैंचामा तस्करहरूले भण्डारण गरेको चार थान सालको गोलिया बरामद भएको सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेले बताए। बरामद काठ सबडिभिजन वन कार्यालय, रङ्गपुर टाँडीमा बुझाइएको सशस्त्र प्रनि पाण्डेले […]

रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा

प्रस, रौतहट, २२ भदौ/    जिल्ला प्रशासन कार्यालय, रौतहटले भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार भदौ मसान्तसम्म निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए। गएराति भदौ २१ गतेसम्मका लागि यसअघि निषेधाज्ञा लागू भएको थियो। जारी निषेधाज्ञामा बिहान १० देखि अपराह्न ४ बजेसम्म खाद्यान्नलगायतका पसलहरू, बैंक तथा वित्तीय संस्था सञ्चालनको […]

फेटा गापामा ५० जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २२ भदौ/    बारा जिल्ला फेटा गाउँपालिका–१ वडा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।    भलुही चोकमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ वडाध्यक्ष जयप्रकाश दासले रक्तदान गरेर गरेका थिए। एकजना अपाङ्ग, दुईजना महिलासहित ५० जनाले रक्तदान गरेको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए। कार्यक्रममा दिपेश पटेल, सागर […]

उपचारको क्रममा बिरामीको मृत्यु

प्रस, वीरगंज, २२ भदौ/    नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा, सपही–१ का २३ वर्षीय युवक रहेका छन्।    उनको आइतवार राति ८ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।    आइतवार मध्याह्न साढे १२ बजे नारायणी अस्पतालमा भर्ना भएका […]

प्लाज्मा थेरापी गरिएका सङ्क्रमितको ६ दिनपछि मृत्यु

राधेश्याम पटेल, वीरगंज, २२ भदौ/    वीरगंजमा पहिलोपटक प्लाजा थेरापीबाट उपचार हुँदै गरेको एकजना सङ्क्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको आइसियू कक्षमा उपचाररत सर्लाही, चकरघट्टा–३, सुन्दरपुरका ३५ वर्षीय सङ्क्रमितको मृत्यु भएको हो। आइतवार बिहान १० बजेर २ मिनेटमा उनको मृत्यु भएको हो।    प्लाजमा थेरापी उपचार विधिबाट सुधारोन्मुख रहेका निजको आइतवार बिहान अचानक मुटुको ढुकढुकी रोकिएर मृत्यु […]

जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

काठमाडौं, २२ भदौ/रासस    ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आइतवार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरे। सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिए। यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ।      टस जितेर पहिला ब्याटिङ […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।