फेटा गापामा ५० जनाद्वारा रक्तदान

0
386

प्रस, वीरगंज, २२ भदौ/
    बारा जिल्ला फेटा गाउँपालिका–१ वडा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।
    भलुही चोकमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ वडाध्यक्ष जयप्रकाश दासले रक्तदान गरेर गरेका थिए। एकजना अपाङ्ग, दुईजना महिलासहित ५० जनाले रक्तदान गरेको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए। कार्यक्रममा दिपेश पटेल, सागर पटेल, राजेश्वर महतो, चन्दन साह, सिकेन्द्र कुशवाहा, विशाल पटेललगायतले रक्तदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here