प्रस, रौतहट, २२ भदौ/
    जिल्ला प्रशासन कार्यालय, रौतहटले भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार भदौ मसान्तसम्म निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए। गएराति भदौ २१ गतेसम्मका लागि यसअघि निषेधाज्ञा लागू भएको थियो। जारी निषेधाज्ञामा बिहान १० देखि अपराह्न ४ बजेसम्म खाद्यान्नलगायतका पसलहरू, बैंक तथा वित्तीय संस्था सञ्चालनको लागि समय प्रदान गरिएको छ।
    रौतहटमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि पर्सा, बारासँगै यहाँ पनि निषेधाज्ञा लागू भएको हो। रौतहटमा अहिलेसम्म २० हजार ७ सय २३ जनाको स्वाब सङ्कलन भएको र त्यसमा १ हजार ६ सय ६४ जनामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय, रौतहटले जनाएको छ।
    सङ्क्रमण देखिनेहरूमा ३२ जना महिला र ९२ जना पुरुष गरी १२४ जना अहिले पनि आइसोलेशनमा छन् भने ८ जना महिला र ९ जना पुरुष गरी १७ जना क्वारेन्टाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here