पहिरो पीडितका लागि राहत सङ्कलन

माधव तिमल्सिना, ठोरी, १८ भदौ/    ठोरी गाउँपालिका–४ मा गठन भएको राहत सङ्कलन समितिले रु ६ लाख ३४ हजार ५८८ सङ्कलन गरेको छ। सिन्धुपाल्चोकको जुगुल गाउँपालिकामा पहिरो पीडितहरूको लागि सो वडाका बासिन्दाले समिति गठन गरेर राहत सङ्कलन गरेको र सो बराबरको रकम सङ्कलन भएको समितिका संयोजक शिक्षक दलबहादुर स्याङ्बोले बताए।    भदौ २ गते वडाध्यक्ष बईबहादुर तामाड्ढो […]

अवैध मदिरा नष्ट

प्रस, पर्सागढी, १८ भदौ/    पर्सागढी नगरपालिकामा १५० लिटर अवैध घरेलु मदिरा बरामद गरी सशस्त्र प्रहरीले नष्ट गरेको छ।    सशस्त्र प्रहरीको सोलखपुर क्याम्पको टोलीले पर्सागढी नगरपालिका–३ झबराहाबाट वीरगंज लैजाने क्रममा बाटोमा १५० लिटर तयारी मदिरा बरामद गरेको र सरोकारवालाहरूको रोहबरमा नष्ट गरेको सशस्त्र प्रहरी नायब निरीक्ष्Fक अनन्त राईले बताए।    पर्सागढी नपा–३ झबराहामा उत्पादित अवैध घरेलु मदिरा […]

सङ्क्रमितहरूलाई खाना र खाजाको समस्या

प्रस, बिरुवागुठी, १८ भदौ/    पर्सागढी नगरपालिका–६ प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौनाको आइसोलेशनमा रहेका सङ्क्रमितहरूले तीन दिनदेखि खाजा र खाना घरबाट मगाएर खानुपरेको बताएका छन्।    सङ्क्रमितहरूले तीन दिनदेखि आफ्नै खर्चमा खाजा, खाना खानुपरेको बताए। १३ जना सङ्क्रमित रहेको सो आइसोलेशनमा शुरूका दिनमा खाजा र खानाको राम्रो व्यवस्थापन भएपनि विगत तीन दिनदेखि घरबाट खाना मगाउनुपरेको, खाजा एकापसमा […]

वीरगंज जेसीज गरीबको घरमा चुलो बाल्दै

प्रस, वीरगंज, १८ भदौ/    वीरगंज जेसीजले सञ्चालन गरेको चुलो बाल्ने अभियान अन्तर्गत आजसम्म सवा दुई सय परिवारलाई सहयोग गरेको जेसीजका अध्यक्ष मुकेश सिंहले बताए।    उनले प्रतिपरिवार १० किलो चामल, २ किलो दाल, आलु, एक किलो प्याज, आधा लिटर खानेतेल, एक/एक प्याकेट नून र सोयाबिन अतिविपन्न, विपन्न गरीब परिवारलाई वितरण गर्दै अFएको बताएका छन्।    भदौ १३ […]

आइसोलेशनको अनुगमन

प्रस, पर्सागढी, १८ भदौ/पर्सागढी नगरपालिकाका चारवटा आइसोलेशनमा प्रदेश सांसदसहितको टोलीले अनुगमन गरेको छ।पर्सागढी नगरपालिकाको नेरामावि बर्वाछटैली, बडेर्वा मावि, हरपुर मावि र प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरीमा बनाइएको आइसोलेशनको प्रदेश सांसद सिंहासन साहलगायतले अनुगमन गरेका थिए।यी चारवटा आइसोलेशनमा ७२ जना सङ्क्रमितको स्वास्थ्य स्थिति र खानपिनबारे अनुगमन गरिएको थियो। अनुगमनमा जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, पर्सागढी नगरपालिकाका […]

हत्या आरोपित अभियुक्तहरूमाथि अदालतमा मुद्दा दायर

प्रस, निजगढ, १८ भदौ/    निजगढ नगरपालिका–८ का ३७ वर्षीय लालध्वज लामाको हत्यामा संलग्न भएको आरोप लागेका ३ जना पुरुष र १ जना महिलासहित ४ जनामाथि बुधवार जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला अदालत बारामा मुद्दा दायर गरेको छ।    पीडित परिवारको किटानी जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धानपछि हिजो मुद्दा दायर गरेको जिप्रका बाराले प्रेस विज्ञप्ति जारी […]

के सिक्यो त सरकारले ?

    नेपालमा मात्र होइन, विश्वलाई नै कोरोनाले गिजोलेको छ। यसको निस्तार कसरी हुन्छ, अहिलेसम्म अनिश्चितजस्तै छ। यद्यपि धेरै देशले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको समाचार आइरहेको छ। कुनै–कुनै औषधि परीक्ष्Fणको चरणमा पनि पुगिसकेको छ। तर संसारभरिको रोगहरूको नियमनकारी संस्था विश्व स्वास्थ्य सङ्गठनले भने कोरोना कुनै खोपबाट निर्मूल हुँदैन, यससँग मानवजातिले बाँच्न सिक्नुपर्छ भनेको छ। अर्थात् […]

के धन आर्जनप्रति हाम्रो धारणा सही छ ?

– विश्वराज अधिकारी    धन आर्जनप्रति हाम्रो धारणा पश्चिमेलीहरूभन्दा ज्यादै पृथक छ। यो पृथक धारणाको कारणले गर्दा पनि हामी गरीब भएको हुनुपर्छ। पश्चिमाहरू धनलाई परिश्रमको पारितोषिक मान्दछन् भने पूर्वीयहरू भाग्यको खेल। भाग्यले गर्दा कुनै व्यक्ति धनी हुने वा भाग्यले गर्दा गरीब हुने कुरामा पूर्ण आस्था राख्छन्।    एशियालीहरू र खासगरी दक्षिण एशियालीहरू धन कसैले दिएर प्राप्त हुने […]

माटो सुहाउँदो आर्थिक विकास

– शीतल महतो    विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ। नेपाल पनि त्यसबाट अछूतो छैन। त्यसमा पनि प्रदेश २ कोरोना भाइरस सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित छ। फलस्वरूप आर्थिक क्रियाकलापमा सुस्तता आउँदा यो वर्ष यहाँको विकासमा ठूलो चुनौती थपिएको छ। हुनत कृषि क्षेत्रको विकासबाट नै यो प्रदेशको समृद्धि सम्भव छ। […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।