सङ्क्रमितहरूलाई खाना र खाजाको समस्या

0


प्रस, बिरुवागुठी, १८ भदौ/
    पर्सागढी नगरपालिका–६ प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौनाको आइसोलेशनमा रहेका सङ्क्रमितहरूले तीन दिनदेखि खाजा र खाना घरबाट मगाएर खानुपरेको बताएका छन्।
    सङ्क्रमितहरूले तीन दिनदेखि आफ्नै खर्चमा खाजा, खाना खानुपरेको बताए। १३ जना सङ्क्रमित रहेको सो आइसोलेशनमा शुरूका दिनमा खाजा र खानाको राम्रो व्यवस्थापन भएपनि विगत तीन दिनदेखि घरबाट खाना मगाउनुपरेको, खाजा एकापसमा पैसा मिलाएर किन्नुपरेको सङ्क्रमित शिवशङ्करप्रसाद यादवले बताए।
    अर्का सङ्क्रमित गेनालाल पटेलले ज्वरो नाप्ने एउटा थर्मामिटर दिएको, कुनै पनि औषधि नदिएको र खानपानको उचित व्यवस्थापन नगरिएको गुनासो गरे। पछिल्लो दिनमा खाजा र खानाको समस्या भइरहेको उनले बताए।
    पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सालिकराम ढकालले आइसोलेशनमा रहेका सङ्क्रमितहरूलाई खानपिनको व्यवस्थापन कमजोर भएको बारेमा आफूलाई थाहा नदिइएको र त्यस्तो भएको पाइए तुरुन्तै सुधार गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here