आइसोलेशनको अनुगमन

प्रस, पर्सागढी, १८ भदौ/
पर्सागढी नगरपालिकाका चारवटा आइसोलेशनमा प्रदेश सांसदसहितको टोलीले अनुगमन गरेको छ।
पर्सागढी नगरपालिकाको नेरामावि बर्वाछटैली, बडेर्वा मावि, हरपुर मावि र प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरीमा बनाइएको आइसोलेशनको प्रदेश सांसद सिंहासन साहलगायतले अनुगमन गरेका थिए।
यी चारवटा आइसोलेशनमा ७२ जना सङ्क्रमितको स्वास्थ्य स्थिति र खानपिनबारे अनुगमन गरिएको थियो। अनुगमनमा जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, पर्सागढी नगरपालिकाका नगर संयोजक शेख खुर्शीद, ओसिय मियाँलगायत सहभागी थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्