भारु ९० हजारसहित एकजना पक्राउ
प्रस, पंचगावाँ, १३ भदौ/ सीमा प्रहरी चौकी श्रीसिया र सशस्त्र प्रहरी अलौंको टोलीले स्रोत नखुलेको भारु ९० हजारसहित एकजना युवकलाई पक्राउ गरेको छ। वीरगंज महानगर–१७ अलौंबाट शनिवार बिहान ८ बजे भारत बेतिया निवासी ३५ वर्षीय उमेश साहलाई भारु ९० हजारसहित पक्राउ गरिएको सीमा प्रहरीका प्रनानि गजेन्द्र साहले बताए। पक्राउ परेका भारतीय युवकलाई रकमसहित जिप्रका, पर्सा […]
६ जना सङ्क्रमित निको भए
प्रस, पंचगावाँ, १३ भदौ/ सखुवाप्रसौनी गाउँपालिका–२ मोहन आदर्श आधारभूत विद्यालय श्रीपुर पंचगावाँको आइसोलेशनमा शनिवार ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। सङ्क्रमित वडाध्यक्ष र स्वास्थ्यकर्मीहरूको भदौ ११ गते कोरोना रिपोर्ट नेगेटिभ आएपछि एक साता होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरूलाई आइसोलेशनबाट घर फिर्ता गरिएको सखुवाप्रसौनी गापाका स्वास्थ्य संयोजक राजेश रौनियारले बताए।
आइसोलेशनको निरीक्षण
प्रस, पर्सागढी, १३ भदौ/ पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछोटैलीको आइसोलेशनमा वडा सर्वदलीय समितिले शनिवार निरीक्षण गरेको छ। उपप्रमुख अर्चना चौधरीको अगुवाइमा सो आइसोलेशनको अनुगमन गरिएको हो। सो आइसोलेशनमा १५ जना सङ्क्रमित रहेका छन्। निरीक्षण टोलीमा नेकाका जङ्गबहादुर दास थारू, समाजवादीका शेख खुर्सेद, वडाध्यक्ष समसुद्दीन शाह, ओसियर मियाँलगायतको उपस्थिति थियो।
घरेलु मदिरा बरामद गरी नष्ट
चिरञ्जीवी सापकोटा, ठोरी, १३ भदौ/ नेपालबाट अवैध तरीकाले भारततर्फ मदिरा पठाउने क्रममा प्रहरीले ५५ लिटर मदिरा बरामद गरेको छ। ठोरी गापा–३ रामनगरबाट जङ्गलको बाटो भारततर्फ लैजाने क्रममा मदिरा बरामद भएको हो। प्रहरीलाई देखेर मदिरा ढुवानी गर्नेहरू फरार भएका र ५ लिटरको ११ वटा ग्यालेनमा मदिरा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्ष्Fक दीपक दाहालले बताए। केही ग्यालेन […]
आफ्नै ठाउँमा पिसिआर परीक्षण हुन थालेपछि उत्साहित
महोत्तरी, १३ भदौ/रासस आफ्नै नगरमा पिसिआर परीक्षण हुन थालेपछि बर्दिबास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ। चारैतिर कोभिड–१९ सङ्क्रमणको सन्त्रास बढिरहँदा आफ्नै ठाउँमा स्वाब सङ्कलनदेखि परीक्षणसम्मका काम हुन थालेपछि आपत्कालमा पनि बर्दिबासवासीमा उत्साह छाएको हो। “अब स्वाब सङ्कलनपछि नतीजा (रिपोर्ट) पाउन लामो समय कुर्नुपरेन,” बर्दिवास नगरपालिकाले शुक्रवार बर्दिबास अस्पतालमै स्वाब सङ्कलन र परीक्षण थालेपछि बर्दिवास–२ का […]
सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या महोत्तरीमा ८ पुग्यो
प्रस, महोत्तरी, १३ भदौ/ महोत्तरीमा कोरोना भाइरसको सङ्क्रमणबाट शनिवार थप दुईजनाको मृत्यु भएको छ। दुईजना पुरुषमा मृत्युपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको कोभिड–१९ विशेष अस्पताल जनकपुरका प्रमुख डा जामुनप्रसाद सिंहले जानकारी दिए। जिल्लाको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय युवक र पिपरा गापा–७ का ७० वर्षीय वृद्धमा मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएको हो। बर्दिबासमा प्रारम्भिक उपचार गरिएका […]
आगलागीले नेशनल अक्सिजनको उत्पादन बन्द
आरके पटेल, वीरगंज, १३ भदौ/ मुलुकभर अक्सिजनको माग बढेको बेला वीरगंजको नेशनल अक्सिजन इन्डस्ट्रिज प्रालिको उत्पादन भने आगलागीको कारण बन्द भएको छ। वीरगंज–१४ गण्डक बहुअरीमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगको यही शुक्रवार रातिदेखि उत्पादन ठप्प भएको उद्योगका सञ्चालक डा अबुल हैस अन्सारीले जानकारी गराए। राति अचानक विद्युत्को उतारचढावले उद्योगको साढे ७ सय केभिएको […]
लरीको ठक्करबाट टेम्पु चालकको मृत्यु
प्रस, महोत्तरी, १३ भदौ/ महोत्तरीको बर्दिबासमा शनिवार बिहान सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका वडा नं १ स्थित बर्दिबास चोकमा रोकेर राखेको ना.३स २३६१ नम्बरको टेम्पुलाई आरजे ०२ जिबि ३३४७ नम्बरको भारतीय लरीले ठक्कर दिंदा टेम्पु चालकको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुने सोही स्थान निवासी ४० वर्षीय टेकनारायण श्रेष्ठ रहेको प्रहरीले […]
मोबाइलका सामान बरामद
प्रस, पंचगावाँ, १३ भदौ/ सशस्त्र प्रहरीले भारतबाट अवैध तरीकाले भित्रिएको एक लाख मूल्य बराबरको मोबाइलका सामानहरू बरामद गरेको छ। सशस्त्र प्रहरी अलौंका सप्रनि ईश्व र अधिकारीले वीरगंज महानगर–१७ कोन्हियाबाट मोबाइलको ब्याट्री, चार्जर, इयरफोन तथा अन्य सामान बरामद भएको बताए। उनले बरामद सामान भन्सार चलान गरिएको जानकारी गराएका छन्। यसैगरी, सोही स्थानबाट भारतीय नं.को मोटरसाइकल नियन्त्रणमा […]
१५ वटा राँगा लीलाम
प्रस, वीरगंज, १३ भदौ/ बारा जिल्ला, करैयामाई गाउँपालिका–३ बाट सशस्त्र प्रहरीले १५ वटा राँगा नियन्त्रणमा लिएको छ। भारतबाट लुकीछिपी भित्र्याइएको राँगा बारा जिल्लाको जीतपुर लैजाने क्रममा सशस्त्र प्रहरी पोस्ट बरियारपुरको टोलीले बरामद गरेको हो। सशस्त्र प्रहरीलाई देखेर राँगा तस्करहरू भागेको बताइएको छ। बरामद गरिएको राँगालाई भन्सार कर्मचारीको रोहबरमा १ लाख ६९ हजार रुपैयाँमा लीलाम गरिएको […]