प्रस, पंचगावाँ, १३ भदौ/
सखुवाप्रसौनी गाउँपालिका–२ मोहन आदर्श आधारभूत विद्यालय श्रीपुर पंचगावाँको आइसोलेशनमा शनिवार ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। सङ्क्रमित वडाध्यक्ष र स्वास्थ्यकर्मीहरूको भदौ ११ गते कोरोना रिपोर्ट नेगेटिभ आएपछि एक साता होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरूलाई आइसोलेशनबाट घर फिर्ता गरिएको सखुवाप्रसौनी गापाका स्वास्थ्य संयोजक राजेश रौनियारले बताए।