भारु ९० हजारसहित एकजना पक्राउ

प्रस, पंचगावाँ, १३ भदौ/
    सीमा प्रहरी चौकी श्रीसिया र सशस्त्र प्रहरी अलौंको टोलीले स्रोत नखुलेको भारु ९० हजारसहित एकजना युवकलाई पक्राउ गरेको छ।
    वीरगंज महानगर–१७ अलौंबाट शनिवार बिहान ८ बजे भारत बेतिया निवासी ३५ वर्षीय उमेश साहलाई भारु ९० हजारसहित पक्राउ गरिएको सीमा प्रहरीका प्रनानि गजेन्द्र साहले बताए। पक्राउ परेका भारतीय युवकलाई रकमसहित जिप्रका, पर्सा चलान गरिएको छ।  

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्