मोबाइलका सामान बरामद

0
262

प्रस, पंचगावाँ, १३ भदौ/
    सशस्त्र प्रहरीले भारतबाट अवैध तरीकाले भित्रिएको एक लाख मूल्य बराबरको मोबाइलका सामानहरू बरामद गरेको छ।
    सशस्त्र प्रहरी अलौंका सप्रनि ईश्व र अधिकारीले वीरगंज महानगर–१७ कोन्हियाबाट मोबाइलको ब्याट्री, चार्जर, इयरफोन तथा अन्य सामान बरामद भएको बताए। उनले बरामद सामान भन्सार चलान गरिएको जानकारी गराएका छन्।  यसैगरी, सोही स्थानबाट भारतीय नं.को मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए। आवश्यक कागजात नभएको कारण भारतीय नं.को मोटरसाइकल नियन्त्रणमा लिइएको र वीरगंज भन्सार कार्यालय बुझाइएको सप्रनि अधिकारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here