बारामा हालसम्म १५ जनाको मृत्यु, ७६६ जना सङ्क्रमित, ४५४ जना उपचारमा
प्रस, निजगढ, १२ भदौ/ कोरोना भाइरस सङ्क्रमणका कारण बारामा हालसम्म एकजना बालक, एकजना महिलासहित १५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। बारामा हालसम्म ७६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये १५ जनाको मृत्यु भइसकेको छ भने ४५४ जना उपचाररत छन्। सङ्क्रमितमध्ये २९७ जना निको भइसकेका जिप्रका बाराले जनाएको छ। सङ्क्रमितमध्ये कलैयास्थित […]
६५३ जना सङ्क्रमित घरमैं
प्रस, वीरगंज, १२ भदौ/ पर्सामा ३३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। चैतदेखि भदौ १२ गते बिहान १० बजेसम्मको तथ्याङ्क अनुसार ३३ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। जसमा एक बेवारिसे लाश र दुईजना भारतीय नागरिक छन्। उनीहरूको वीरगंजको नारायणी, गण्डक, वीरगंज हेल्थकेयर, नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो भने […]
निजगढका केही होटल बाहिरबाट बन्द भित्रबाट खुला
प्रस, निजगढ, १२ भदौं/ कोरोना सङ्क्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी गरिएको निषेधाज्ञामा पसल, हाटबजार, व्यापार, बैंकलगायतका कार्यालय हप्तौंदेखि बन्द रहे पनि निजगढका केही होटल तथा लजमा भने मोबाइल बुकिङ भइरहेको छ। साना–ठूला सबै होटल, पसललाई प्रहरीले बन्द गर्न पटक–पटक आग्रह गर्दै आइरहेको छ। मोबाइल बुकिङ गर्दै आफ्ना व्यवसाय गरिरहेका होटल, लजबारे स्थानीय प्रहरी […]
काठमाडौं–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक
काठमाडौं, १२ भदौ/रासस काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ। अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ। रेल विभागले उनीहरूलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ। कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरू आउन दिने अवस्था नरहेको उनको भनाइ छ। अझै […]
सर्पको टोकाइबाट बालकको मृत्यु
प्रस, बिरुवागुठी, १२ भदौ/सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ।पर्सागढी नगरपालिका–४ परशुरामपुर निवासी जावेद देवानका १० वर्षीय छोरा नासिर देवानलाई बिहीवार सर्पले टोकेको थियो। देवान मामाघर वीरगंज मनपा–३१ टेढा गाउँमा आएको बेला खेल्ने क्रममा बाँसघारीमा उनलाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि परिवारजनले देवानलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज ल्याएका थिए तर अस्पतालले सर्पदंशको खोप नभएको […]
निषेधाज्ञामा वन तस्करी बढ्यो
महोत्तरी, १२ भदौ/रासस कोभिड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वन क्षेत्रमा तस्करको प्रवेश बढेको छ। चैत ११ देखि साउन ६ गतेसम्म सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० गतेयता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटक–पटक अवधि बढाउँदै लगाएको निषेधाज्ञामा वन सम्पदा चोरी हुने क्रम बढेको हो। भदौ लागेयता मात्रै वन सुरक्षा गस्तीले गरेको सघन […]
बर्दिबास नगरपालिकाले आफैं कोभिड–१९ परीक्षण गर्दै
जलेश्वर, १२ भदौ/राससमहोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले शुक्रवारदेखि आफैं कोभिड–१९ को परीक्षण शुरू गरेको छ। आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरटी पिसिआर मेशिन खरीद गरी नगरपालिकाले अब आफैंले कोभिड–१९ को परीक्षण शुरू गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए।नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमैं फैलिएको भन्दै उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबैभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै […]
जनताको जीवनरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता
प्रस, वीरगंज, १२ भदौ/ मुख्यमन्त्री लालबाबूराउत गद्दीले जनताको जीवनरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। सर्लाहीको हरिवनमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जनताको जीवनरक्षाबाहेक अन्य कुरा सोच्ने बेला नरहेको बताए। कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारलाई चाल्नुपर्ने कदमबारे सरोकारवालाहरूसँग मुख्यमन्त्री गद्दीले सुझाव लिएका थिए। उनले कोरोना […]
लकडाउन, निषेधाज्ञा र सिल
विश्वव्यापी कोरोना भाइरस नियन्त्रण तथा न्यूनीकरणविरुद्ध हामीले जानेको सबैभन्दा सजिलो उपाय लकडाउन, निषेधाज्ञा र सिल हो । नाम फरक वा क्षेत्र फरक हुन सक्छ तर काम भने एउटै छ । देशमा कोरोनाको सङ्क्रमण प्रवेश गर्दा लकडाउन गरियो । जिल्लामा प्रवेश गर्दा निषेधाज्ञा लगाइएको छ, कुनै स्थान विशेष वा क्षेत्रमा कोरोना देखिंदा सिल गरिएको छ […]
शिक्षकलाई ढाँट्नु आफैंसँग धोका हो
– राजेश मिश्र “करीया अक्षर भइँस बराबर” अर्थात् लेख्न–पढ्न नजान्ने मानिसलाई लागि अक्षरको कुनै महत्व हँुदैन। पुरातनकालमा विद्यार्थीले गुरुकुलमा आचार्यको सानिध्यमा रहेर शिक्षा ग्रहण गर्ने प्रचलन थियो। विद्यार्थीसमक्ष महानपुरुष जस्तै हरिश्चन्द्र, राम, लक्ष्मण, हनुमान, भीष्म र महान् नारी सीता, सावित्री, सती अनसूइया, द्रौपदी जस्ता उच्च चरित्रका व्यक्तित्वहरूको आदर्श प्रस्तुत गरिन्थ्योे, जुन विद्यार्थीको चरित्र निर्माणमा प्रेरणादायी […]