प्रस, बिरुवागुठी, १२ भदौ/
सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ।
पर्सागढी नगरपालिका–४ परशुरामपुर निवासी जावेद देवानका १० वर्षीय छोरा नासिर देवानलाई बिहीवार सर्पले टोकेको थियो। देवान मामाघर वीरगंज मनपा–३१ टेढा गाउँमा आएको बेला खेल्ने क्रममा बाँसघारीमा उनलाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि परिवारजनले देवानलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज ल्याएका थिए तर अस्पतालले सर्पदंशको खोप नभएको भन्दै अन्य अस्पताल लैजान भनेको थियो। अन्य अस्पताल लैजानेक्रममा बालकको मृत्यु भएको बालकका आफन्त तौरेज आलमले बताएका छन्।