बारामा हालसम्म १५ जनाको मृत्यु, ७६६ जना सङ्क्रमित, ४५४ जना उपचारमा

0
289

प्रस, निजगढ, १२ भदौ/
    कोरोना भाइरस सङ्क्रमणका कारण बारामा हालसम्म एकजना बालक, एकजना महिलासहित १५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। बारामा हालसम्म ७६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये १५ जनाको मृत्यु भइसकेको छ भने ४५४ जना उपचाररत छन्। सङ्क्रमितमध्ये २९७ जना निको भइसकेका जिप्रका बाराले जनाएको छ।
    सङ्क्रमितमध्ये कलैयास्थित गङ्गापुर शैक्षिक तालीम केन्द्रको आइसोलेशनमा २२ जना, कोल्हवीको आइसोलेशनमा ८ जना, सिम्रौनगढ आइसोलेशनमा ६ जना, सिमरास्थित होटल आइसोलेशनमा ६ जना, वीरगंजमा १९ जना, भरतपुरमा १ जना, काठमाडौंमा ३ जना र बाँकी ३८९ जना होम आइसोलेशनमा रहेको जिप्रका बाराले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here