आइसोलेशनमा बसेकालाई खाद्य सहयोग
प्रस, पोखरिया, १० भदौ/ पोखरिया अस्पतालको आइसोलेशनमा बसेकाहरूलाई स्थानीय युवाहरूले सहयोग गरेका छन्। आइसोलेशनमा बसेकाहरूलाई युवा उत्थान समितिका अध्यक्ष हृदयनारायण पटेलले अस्पताल प्रशासनका लक्ष्मी चौहानलाई आइसोलेशनमा रहेका सङ्क्रमितका लागि सामग्री सहयोग गरेका हुन्। सयवटा अन्डा, ६ किलो स्याउ, ५०/५० वटा बिस्कुट/पानी र जाम पाउरोटी सहयोग गरेको अध्यक्ष्F पटेलले बताए।
विश्व शान्तिको लागि पूजापाठ
प्रस, सिम्रौनगढ, १० भदौ/कोरोना प्रकोप बढ्दै गएपछि विश्व शान्तिको लागि सिम्रौनगढमा विभिन्न देवीदेवताका मन्दिरमा पूजापाठ गरिएको छ।बुधवार कङ्कालीमाई, राजदेवीमाई, ब्रह्मस्थान, सपहीमाईको स्थानमा पुगेर सिम्रौनगढवासीले पूजाआजा गरेका थिए। कोरोना रोकथाम र विश्व शान्तिको कामना गर्दै स्थानीयवासीको सहभागितामा पण्डित रामकिशोर पाण्डेयले विधिवत्रूपमा पूजा गरेका थिए।
१ महिलासहित ४१ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, १० भदौ/ वीरगंज जेसीजको आयोजनामा बुधवार सम्पन्न आकस्मिक खुला रक्तदान कार्यक्रममा एकजना महिलासहित ४१ जनाले रक्तदान गरेका छन्। वीरगंज जेसीजका अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा सञ्जीवनी चौधरी, दीपक शर्मा, शेखर चौधरी, विजय चौधरी, दीपक सापकोटा, कुशनन्द चौधरी, सुदीप लामा, सुमन राणा, रवि धमलालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका कार्यालय सहायक कुमार […]
खाद्यान्न र निर्माण सामग्रीबाहेक सबै पसल बन्द राख्न अपील
प्रस, रौतहट, १० भदौं/ उद्योग वाणिज्य सङ्घ रौतहटले खाद्यान्न तथा निर्माण सामग्रीका पसलबाहेक सबै पसल बन्द राख्न सूचना जारी गरेको छ। सङ्घका अध्यक्ष पण्डितप्रसाद जयसवालले बुधवार सूचना जारी गर्दै हालको अवस्थामा सम्पूर्ण व्यवसाय सञ्चालन गर्दा भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम बढने भएकाले खाद्यान्न तथा निर्माण सामग्रीबाहेक सबैखाले व्यवसाय बन्द राख्न अपील गरेका छन्। […]
दुई बालिकाको शव भेटियो
प्रस, रौतहट, १० भदौ/ गढीमाई नगरपालिका–७ धर्मपुर टोल निवासी तीनजना बालिका बागमती नदीमा बेपत्ता भएको घटनामा दुईजनाको शव भेटिएको छ। माधवनारायण नगरपालिका–८ स्थित बागमती खोला किनारमा १२ वर्षीया सुसीताकुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रह्मपुरीनजीक बागमतीको पूर्वपट्टि किनारमा १० वर्षीया चञ्चलकुमारी मुखियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ऋषिपञ्चमीका दिन गढीमाई नगरपालिका–७ […]
निश्शुल्क पिसिआर परीक्षण हुने
प्रस, रौतहट, १० भदौ/ दुर्गाभगवती गाउँपालिकाले निश्शुल्क पिसिआर परीक्षण गर्ने भएको छ। गापामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि जोखिम रोकथाम तथा न्यूनीकरण गर्न एक घर–एक व्यक्ति पिसिआर परीक्षण अन्तर्गत शुक्रवार बिहान ११ बजेदेखि सरस्वती मावि पिपरा भलोहियाको प्राङ्गणमा स्वाब नमूना सङ्कलन हेल्थडेस्क सञ्चालन हुने गाउँपालिका अध्यक्ष अरुण साहले बताए। गापा अध्यक्ष साहले गापावासीलाई निश्शुल्क पिसिआर परीक्षण […]
महोत्तरीमा सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच पुग्यो
प्रस, महोत्तरी, १० भदौ/ महोत्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। महोत्तरीका सङ्क्रमित ६० वर्षीय एक पुरुषको उपचारको क्रममा मङ्गलवार राति विराटनगरमा मृत्यु भएको हो। विराटनगरको न्युरो अस्पतालका निर्देशक रञ्जीतराज बस्नेतका अनुसार साउन ३१ गते अस्पताल भर्ना गरिएको बिरामीको स्वाब परीक्षण गर्दा बितेको आइतवार पोजेटिभ रिपोर्ट आएको थियो। पोजेटिभ रिपोर्ट आएपछि आइसोलेशन कक्षमा […]
मृतक बालिकाका अभिभावकलाई प्रदेशको राहत
प्रस, रौतहट, १० भदौ/ रौतहटको बागमती नदीमा डुबेर मृत्यु भएका तीनजना बालिकाका अभिभावकलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ राहत दिने भएको छ। प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीले बुधवार मृतक परिवारप्रति समवेदना प्रकट गर्दै जनही एक लाख रुपैयाँ राहत दिने घोषणा गरेका हुन्। उनले घोषित राहत रकम मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट तत्कालै उपलब्ध गराउने […]
मृतकमा कोरोना पुष्टि भएपछि त्रास
प्रस, सेढवा, १० भदौ/ जीराभवानी गाउँपालिका वडा नं ४ मा मृत्यु भएका ६४ वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो गाउँका बासिन्दाहरू त्रसित भएका छन्। गाउँपालिकाले कोरोना नियन्त्रणका लागि मृतक वृद्धको कन्ट्याक्ट ट्रेसिङ गरी २४ जनाको स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य संयोजक सफिकुल अन्सारीले बताए। सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको संयोजक अन्सारीले […]
बाराका चारजना सङ्क्रमितको मृत्यु
प्रस, परवानीपुर, १० भदौ/वीरगंजमा भदौ ९ गते मङ्गलवारका दिन चारजना सङ्क्रमितको मृत्यु भएको छ। उपचारको क्रममा कोभिड अस्पतालमैं उनीहरूको मृत्यु भएको हो। बिहान ६ देखि १० बजेको बीचमा गण्डक कोभिड अस्पतालमा दुर्ईजनाको मृत्यु भएको थियो भने मङ्गलवार राति ८ देखि ११ बजेको बीचमा वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको थियो। मृतक चारजना सङ्क्रमित […]